काठमाडौं, ११ असोज । यस वर्षको सोह्र श्राद्ध आजबाट सकिएको छ ।
पितृको तिथिमा तर्पण, सिदादान तथा पिण्डदान गरिने सोह्र श्राद्ध भाद्र २८ गते शुरु भएको थियो । सोह्र श्राद्ध हरेक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म रहन्छ । सोह्र वटा तिथिमा पितृप्रति श्रद्धासाथ पितृकार्य गरिने हुनाले नेपाली समाजमा सोह्रश्राद्धको नामले परिचित छ । चाड पर्व, यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुभन्दा पहिले आफ्ना पितृको श्रद्धासाथ सम्झना गर्ने वैदिक परम्परा छ ।
बडादसैँ र तिहारजस्ता महान् चाडका अगाडि पर्ने सोह्रश्राद्धले सन्ततिलाई आफ्ना पितृप्रतिको दायित्वबोध गराउनुका साथै पितृ ऋणबाट मुक्त गराएर चित्तशुद्धि गराउँछ भन्ने मान्यता छ । सोह्रश्राद्ध सकिएसँगै भोलीदेखि हिन्दुहरुको महान पर्व बडादशैं सुरु हुँदैछ । भोली घरघरमा घटस्थापना गरी जमरा राखेपछि दशैं सुरु हुन्छ ।
प्रतिक्रिया दिनुहोस्