ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विकासमा जनता सहयोगी बन्नुपर्छ– उपप्रधानमन्त्री पोखरेल


एबीसी न्यूज
११ आश्विन २०७६, शनिबार   ३ : ५९   बजे

काठमाडौं, ११ असोज । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले विकास र समृद्धिमा जनता सहयोगी बन्नुपर्ने बताउनुभएको छ । विकास निर्माणका क्रममा स्थानीय जनताको अवरोध आउने गरेकातर्फ लक्षित गर्दै उहाँले विकास निर्माणमा सरकारसँग हातेमालो गर्न आग्रह गर्नुभयो । काठमाडौँ महानगरपालिका–२ ले आज लाजिम्पाटमा आयोजना गरेको दशैँ, तिहार, नेपाल संवत्, छठ तथा ल्होसारको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले विकासका काम अगाडि बढाउँदा सरकारलाई अप्ठ्यारो पर्नेगरी गतिविधि नगर्न आग्रह गर्नुभयो ।

“सरकारले कोही पनि नागरिकलाई विचल्ली बनाउँदैन, तर नागरिकले सडक विस्तार गर्न सहयोग गर्नुपर्छ”, उहाँले भन्नुभयो, “अब जनता पनि सचेत हुनुपर्छ, विकास कसैले ‘थपथप’ दिँदैन, जनता सहयोगी बन्नुपर्छ ।” अब मुलुकमा विकास निर्माणले गति लिने उहाँको भनाइ थियो । उहाँले प्रणाली परिवर्तनसँगै ऐन, कानून परिमार्जन गर्न डेढवर्षको समय लागेकाले अब सरकारको ध्यान विकास र समृद्धितर्फ गएको बताउनुभयो ।

निर्वाचनमा जनतासँग गरिएको प्रतिबद्धता पूरा गर्ने गरी वर्तमान सरकार अगाडि बढेको उल्लेख गर्दै उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो, “नयाँ व्यवस्थामा अभ्यस्त भइनसक्दा केही ढङ्ग नपुगेको हुनसक्छ, केही कमिकमजोरी पनि भए होलान्, विगतमा हामीले जनतसँग जे प्रतिबद्धता गरेका छौँ, त्यही प्रतिबद्धता अनुसार अगाडि बढ्छौँ ।”

जनताले दिने दण्ड आफूहरुलाई मञ्जुर भएको बताउँदै उहाँले वर्तमान सरकार अधिनायकवादी भयो भनेर आरोप नलगाउन विपक्षीलाई आग्रह गर्नुभयो । “हामी हाम्रा प्रतिबद्धता कार्यान्वयनको चरणमा छौँ, हिजोको गतल अभ्यासलाई हामीले परिवर्तन गर्नुछ, प्रणाली परिवर्तन भए पनि संरचना परिवर्तन नहुँदा जनतामा निराशा छ”, उहाँले भन्नुभयो, “जनताका बीचमा रहेर काम गछौँ, जनतासँग के वाचा गरेका छौँ, त्यो पूरा गर्छौँ, कहिलेकाहीँ लय नमिलेको हुनसक्छ, तर हामी जसरी भए पनि प्रतिबद्धता पूरा गर्छौँ ।”

चाडपर्व एकता र सम्बन्धको सुत्र भएको उल्लेख गर्दै उहाँले तीनलाई चुड्न दिन नहुने बताउनुभयो । “चाडपर्व केबल रमाइलोको विषय होइनन्”, उहाँले भन्नुभयो, “सामाजिक सद्भाव तथा एकताको सुत्रमा बाँध्ने महत्वपूर्ण आधार हो ।”

काठमाडौँ महानगरपालिकका प्रमुख विद्यासुन्दर शाक्यले स्थानीयको सहकार्य र सद्भावबाटनै ‘समृद्ध महानगर’ सम्भव हुने उल्लेख गर्दै महानगरको विकासमा हातेमालो गर्न आग्रह गर्नुभयो । प्रदेश नं ३ का प्रदेशसभा सदस्य नारायण सिलवाले स्थानीय टुकुचा खोलाको व्यवस्थापनमा केही सफलता मिलेकाले चालु आवमा प्रदेश सरकारको रु एक करोड विनियोजन गरेको जानकारी दिनुभयो ।

अर्का प्रदेशसभा सदस्य सीता अधिकारीले चाडवाडले सामाजिक सद्भाव, पारिवारिक एकता र राष्ट्रिय एकतालाई एकढिक्का राख्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै कुनै तडकभडक नगरी स्वतस्फूर्तरुपमा पर्व मनाउन आग्रह गर्नुभयो । कामपा वडा नं २ का वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले डेढ वर्षभित्र वडाबासीले ‘समृद्ध वडा’ देख्न पाउने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

सम्बन्धित

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

मृत व्यक्तिले अदालतमा बोले, हत्यारालाई क्षमा गरे !

बालेनले सच्याए सीमा विवादबारेको अभिव्यक्ति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group