ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दशैँ, तिहार, छठ लगायतका चाडपर्व मनाउन दैनिक दुई हजार नेपाली घर फर्किंदै


एबीसी न्यूज
१३ आश्विन २०७६, सोमबार   १ : ०९   बजे

काठमाडौ, १३ असोज । दशैँ, तिहार, छठ लगायतका चाडपर्व मनाउन भारतको विभिन्न ठाउँमा मजदुरी गर्न गएका नेपाली नागरिक कञ्चनपुरको गड्डाचौकी नाका भएर घर फर्किन थालेका छन् । विगत वर्ष झैँ घरपरिवारसित चाडपर्व मनाउन भारतमा रोजगारी र अध्ययनका लागि गएका हजारौँ नेपाली गड्डाचौकीनाका भएर घर फर्किरहेका छन् ।

सुदूरपश्चिम प्रदेशका नागरिकको रोजगारीको प्रमुख गन्तव्य भारत हो । चाडपर्व र खेतीपाती गरेर यहाँका हजारौँ युवा भारतका विभिन्न शहरमा रोजगारीका लागि जाने गर्दछन् । भारतबाट घर फर्किने क्रम बढेसँगै बस, अटो र ई–रिक्सा चालक यात्रु ओसार्न सक्रिय छन् । “छोरा÷छोरी घरपरिवारसित दशैँ मनाउन १५ दिनको बिदा लिएर आएँ”, गड्डाचौकी नाकामा भेटिएका बैतडीका गोरख चन्दले भन्नुभयो, “चाडपर्व परिवारसित भेटघाटको एउटा बहाना पनि हो ।” उहाँले आफू १७ वर्षदेखि भारतको दिल्लीमा काम गर्दै आएको बताउनुभयो । “पहिलेको भन्दा अहिले अटो, बस, ई–रिक्सामा यो नाकाबाट आवतजावत गर्न सहज महसुस गरेँ”, उहाँले भन्नुभयो, “भारतीय बसपार्कमा घर फर्किने नेपालीको अत्यधिक चाप छ ।”

इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी सहायक निरीक्षक राजु ठकुराठीले दैनिक दुई हजारभन्दा बढी नेपाली चाडपर्व मनाउन घर फर्किरहेको बताउनुभयो । “हिजोअस्तिभन्दा यात्रु आउने क्रम बढ्दै गएको छ”, उहाँले भन्नुभयो, “यात्रुको सहजता र सुविधाका लागि सुरक्षा सतर्कता बढाएका छौँ ।” उहाँले चाडपर्वलाई लक्ष्य गरी एक साताअघि गड्डाचौकीमा स्थापना गरिएको नागरिक सहायता कक्षमा दुई नेपाली लुटिएर आएको जानकारी प्राप्त भएको बताउनुभयो ।

“पहिलेको भन्दा लुटपाट तथा टेम्पो, रिक्सावालाको अराजगक गतिविधि कम छ”, उहाँले भन्नुभयो, “यात्रुबाट बढी रकम असुल्नेलाई कारवाहीको दायरामा ल्याउँछौँ ।” उहाँले सीमावर्ती भारतीय शहर बनबासा बजारमा यात्रुले बढी हैरानी खेप्नु परेको बताउनुभयो । “सीमा क्षेत्रमा अहिले संयुक्त यात्रु सहायता कक्ष भएकाले धेरै सहज भएको छ”, चन्दले भन्नुभयो ।

नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल र भारतीय सीमा सुरक्षा बल एसएसबीले यात्रुको पीरमर्का बुझेर समाधान गर्न संयुक्त नागरिक सहायता कक्ष स्थापना गरेका छन् । “पहिले अटो र रिक्सा चालकले यात्रुबाट बढी रकम असुल्ने र दुःख दिने गरेका थिए”, संयुक्त सहायता कक्षमा भेटिएका एसएसबीका जवान केवी सिंहले भन्नुभयो, “अहिले सहायता कक्ष खुलेपछि बढी भाडा लिने क्रम ह्वात्तै घटेको छ ।” उहाँले केही व्यक्तिले बढी भाडा असुलेको खबर यात्रुले सहायता कक्षमा जानकारी गराएको जानकारी दिनुभयो । सुदूरपश्चिम प्रदेशबाट झण्डै डेढ लाख मानिस रोजगारीका लागि भारत गएको तथ्याङ्क छ । विसं २०६८ सालको जनगणनाअनुसार भारतमा रहेका सुदूरपश्चिम प्रदेशका दुई लाख ६६ हजार ६७३ नागरिकमध्ये करीब ७०।१४ प्रतिशत रोजगारीका लागि गएको तथ्याङ्क छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group