ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जागरण अभियानले कार्यकर्तामा ऊर्जा थपेको छ– नेता कोइराला


एबीसी न्यूज
१३ आश्विन २०७६, सोमबार   १ : १७   बजे

काठमाडौ, १३ असोज । नेपाली काङ्ग्रेसका नेता डा शेखर कोइरालाले जागरण अभियानले काङ्ग्रेसका कार्यकर्तामा ऊर्जा थपेको बताउनुभएको छ । पत्रकारहरुसँग आज यहाँ कुराकानी गर्दै उहाँले जागरण अभियानले कार्यकर्तामा ऊर्जा थपेको भन्दै यसलाई थप उचाइमा पु¥याउन जतिसक्दो छिटो पार्टीको महाधिवेशन गर्न आवश्यक रहेको बताउनुभयो ।

महाधिवेशन नभई काङ्ग्रेसमा ऊर्जा नथपिने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “महाधिवेशन चाँडोभन्दा चाँडो हुन सकेन भने काङ्ग्रेसलाई अफ्ठ्यारो पर्ने अवस्था छ ।” काङ्ग्रेसले अहिले जागरुक भएर जनताका पक्षमा आवाज उठाउनपर्ने समय भएको बताउँदै उहाँले थप्नुभयो, “सडक र सदन तताउनुपर्छ । सडक तताउनका लागि नेविसङ्घ, तरुण दल, महिला सङ्घ, दलित सङ्घ जस्ता भ्रातृ संस्थाको महाधिवेशन समयमा नै गर्नु आवश्यक छ ।”

नेतृत्वको कमजोरीका कारण काङ्ग्रेस समस्यामा पर्न नहुने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “समयमा नै नेतृत्व चयन गरौँ । अब काङ्ग्रेस तदर्थवादमा चल्न सक्दैन ।” जनताले आफ्ना विचार राख्न नपाउने, बोल्न नपाउने, केही गर्न नपाउने पञ्चायतकालमा पनि नभएको भन्दै उहाँले त्यस्तो प्रवृत्तिको आलोचना गर्नुभयो । “ विचार र वोल्न नपाउने पञ्चायकालमा पनि नभएको प्रवृत्ति विरुद्ध आवाज उठाउन जरुरी छ”, नेता कोइरालाले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group