ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल दक्षिण एसियाकै पहिलो खुला दिसामुक्त देश


एबीसी न्यूज
१३ आश्विन २०७६, सोमबार   ६ : १०   बजे

काठमाडौ, १३ असोज । नेपाल दक्षिण एसियाकै पहिलो खुला दिसामुक्त देश घोषणा भएको छ। काठमाडौंमा सोमबार आयोजित विशेष समारोहबीच प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई खुला दिसामुक्त देश घोषणा गर्नुभएको छ ।

सरकारले प्रत्येक घरधुरीलाई चर्पीको पहँुचमा पुर्‍याउने मानक पुरा गरेपछि नेपाल खुला दिसामुक्त देश घोषणा गरिएको हो। यससँगै नेपालले पूर्ण सरसफाईसम्बन्धी महत्वपूर्ण लक्ष्य हासिल गर्नुका साथै अन्तर्राष्ट्रिय प्रतिबद्धतासमेत पुरा गरेको छ।

त्यस अवसरमा प्रधानमन्त्री ओलीले नेपाल सभ्यता र विकासको एक सिँढीमाथि उक्लिएको बताउनुभयो । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को अभियानले सफलता प्राप्त गर्दै गइरहेको छ, यसलाई निरन्तरता दिनु पर्छ,’, उहाँले भन्न्भयो ।

यो घोषणाले सबै नागरिकको स्वास्थ्यमा सुधार हुनुका साथै मृत्युदर घट्ने, औसत आयु बढ्ने र सबैलाई निरोगी हुन सहयोग गर्ने समेत उहाले बताउनुभयो । उहाले खुल्ला दिसामुक्त पछि अब नेपाललाई ‘भिखारीमुक्त’ देश बनाउने अभियानमा लाग्ने समेत बताउनुभयो । घोषणा कार्यक्रममा सातै प्रदेशका मुख्यमन्त्री, जिल्ला समन्वय समिति तथा स्थानीय तहका जनप्रतिनिधि सहभागी थिए।
सरसफाई गुरुयोजना २०६८ ले २०१७ भित्र देशका सबै घरधुरीमा शौचालय निर्माण गरिसक्ने लक्ष्य लिएको थियो। तर, लक्ष्यअनुसार काम नहुँदा घोषणा गर्न दुई वर्ष ढिला भएको हो।

हाल नेपालभर ५६ लाख ६० हजार २ सय १४ घरधुरीमा शौचालय निर्माण भइसकेको जनाइएको छ। यसअनुसार प्रदेश १ मा ९ लाख ६५ हजार २ सय ७२, प्रदेश २ मा ९ लाख ३३ हजार ६ सय ४९, प्रदेश ३ मा १६ लाख २२ हजार १ सय ९३ घरधुरिमा शौचालय बनेका छन्।

त्यस्तै प्रदेश ४ मा ५ लाख ४८ हजार २ सय १०, प्रदेश ५ मा ७ लाख ९३ हजार ९ सय ९०, प्रदेश ६ मा ३ लाख ७ हजार ९सय ६५ र प्र्रदेश ७ मा ४ लाख ८९ हजार १२ घरधुरीमा शौचालय बनिसकेका छन्।

नेपालको पहिलो खुलादिसामुक्त जिल्ला कास्की हो। कास्कीलाई २०६८ असार १० गते खुलादिसामुक्त जिल्ला घोषणा गरिएको थियो। घोषणा गरिएको अन्तिम तथा ७७ औं जिल्ला भोजपुर हो। भोजपुरलाई यही असोज ४ गते खुला दिसामुक्त घोषणा गरिएको थियो।

देशको राजधानी भए पनि काठमाडौं भने गत भदौ ३१ गतेमात्रै खुला दिसामुक्त घोषणा गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group