ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक दिवस : राष्ट्रपतिद्वारा शुभकामना सन्देश


एबीसी न्यूज
१३ आश्विन २०७६, सोमबार   ७ : ४१   बजे

काठमाडौ, १४ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक दिवस १ अक्टोबर २०१९ (२०७६ साल असोज १४) का अवसरमा राष्ट्रका सम्पूर्ण ज्येष्ठ नागरिकको सुखी, स्वास्थ्य र सम्मानित जीवनका लागि शुभकामना व्यक्त गर्नुभएको हो ।

“दिवसका अवसरमा म ज्येष्ठ नागरिकको हक अधिकारका लागि अमूल्य योगदान दिने सम्पूर्ण ज्येष्ठ नागरिक तथा अभियन्तालाई उच्च सम्मान र आदर व्यक्त गर्दछु”, राष्ट्रपति कार्यालयद्वारा आज जारी सन्देशमा भनिएको छ । राष्ट्रपति भण्डारीले ज्येष्ठ नागरिक ज्ञान र अनुभवका महत्वपूर्ण स्रोत भएकाले राज्यले उनीहरुको ज्ञान र अनुभवलाई समुचित उपयोग गर्नेतर्फ ध्यान दिनु जरुरी रहेको सो सन्देशमा उल्लेख छ ।

सन्देशमा भनिएको छ, “नेपालको संविधान, कानून र नीतिले ज्येष्ठ नागरिकको हक अधिकारलाई संरक्षण गरेको छ, जसलाई व्यवहारिक कार्यान्वयन गर्नुपर्ने आजको टड्कारो आवश्यकता भएको मैले महसुस गरेको छु, संविधानको भावनाअनुरुप राज्यले सीमित स्रोतका बाबजुद पनि ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता र विभिन्न सेवासुविधा प्रदान गर्दै आएको कुरा निश्चय नै खुशीको कुरा हो ।”

राष्ट्रपति भण्डारीले दिवसका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र विभिन्न सङ्घसंस्थाको संयोजनमा देशव्यापीरुपमा ज्येष्ठ नागरिकको संरक्षण र प्रवद्र्धनसम्बन्धी विभिन्न कार्यक्रम आयोजना गरी मनाउन लागेकोप्रति खुशी व्यक्त गर्नुभयो ।

उहाँले माया, ममता र करुणाका खानी ज्येष्ठ नागरिकको संरक्षकत्व प्राप्त गरी हजुरबा, हजुरआमा, आमाबुबा, छोराछोरी र नातिनातिना एउटै परिवारमा अटाउने पूर्वीय दर्शनमा आधारित आदर्श परिवार बनाउन आजको दिनले सम्बद्ध सबैलाई प्रेरणा प्रदान गर्ने अपेक्षासहित ज्येष्ठ नागरिकको जीवनलाई सम्मानित, मर्यादित र सुखमय बनाउन सबैसँग आह्वानसमेत गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

सम्बन्धित

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group