ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ज्येष्ठ नागरिकको अनुभव नयाँ पुस्तामा हस्तान्तरण गरिनेछ– प्रधानमन्त्री ओली


एबीसी न्यूज
१३ आश्विन २०७६, सोमबार   ८ : १४   बजे

काठमाडौ, १४ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले ज्येष्ठ नागरिकबाट प्राप्त हुने प्रज्ञा, सीप र अनुभवलाई राष्ट्रको सामाजिक–आर्थिक रुपान्तरण एवं विकासका लागि परिचालन गर्नुपर्ने बताउनुभएको छ । अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक दिवसका उपलक्ष्यमा शुभकामना सन्देश दिँदै उहाँले सरकारले ज्येष्ठ नागरिकको ज्ञान र अनुभवमा आधारित सीपलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने वातावरणको सिर्जना गर्दै गरेको जनाउनुभएको छ । उक्त सन्देशको पूर्ण विवरण:

आज अक्टोबर १ अर्थात् २९ औँ अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक दिवस । यस अवसरमा जीवनका उकाली–ओराली पार गर्दै, असिम ज्ञान, सीप र अनुभव संगाल्ने सम्पूर्ण ज्येष्ठ नागरिक नेपालीहरूप्रति हार्दिक बधाई तथा शुभकामना प्रकट गर्दछु । म तपाईंहरुको सुस्वास्थ्य र खुशीयालीपूर्ण दीर्घजीवनको कामना गर्दछु ।

संयुक्त राष्ट्र सङ्घको आह्वानमा सन् १९९१ देखि हरेक वर्ष अक्टुबर १ लाई इन्टरन्यासनल डे अफ ओल्डर पर्सन्स अर्थात् अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रूपमा मनाउने गरिएको छ । आज ‘द जर्नी टु एज इक्वालिटी अर्थात् उमेरकै कारण गरिने विभेद–अन्त्यको यात्रा’ भन्ने नाराका साथ संसारभरि नै अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक दिवस भव्यतापूर्वक मनाइँदैछ ।

नेपाल सरकारको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र ज्येष्ठ नागरिकको हकहित संरक्षण एवं सम्वद्र्धनका लागि छाता सङ्गठनका रूपमा कार्यरत राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घलगायत विभिन्न सङ्घसंस्थाले यस दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गर्दै छन् ।

मानव जीवनमा ज्ञानका स्रोतमध्ये सबैभन्दा उत्कृष्ट स्रोत अनुभव हो । यसको पाठ्यसामग्री र पाठशाला जीवन हो । पुस्तकबाट प्राप्त ज्ञानभन्दा कैयौँगुणा उपयोगी यस्तो प्रायोगिक ज्ञानलाई हामी प्रज्ञा भन्छौँ । ज्येष्ठ नागरिकबाट प्राप्त हुने प्रज्ञा, सीप र अनुभवलाई राष्ट्रको सामाजिक–आर्थिक रुपान्तरण एवं विकासका लागि परिचालन गर्नुपर्दछ भन्ने सरकारको मान्यता छ । यसका लागि सरकारले ज्येष्ठ नागरिकको ज्ञान र अनुभवमा आधारित सीपलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने वातावरणको सिर्जना गर्दैछ । ज्येष्ठ नागरिकहरुको मार्गदर्शनमा परिवार र समाजले सही दिशाको पहिचान अनि असल संस्कृतिको प्रवद्र्धन गर्न सक्दछ ।

व्यक्तिको सरदर आयुमा भएको वृद्धिसँगै हाम्रो समाजमा पनि ज्येष्ठ नागरिकको जनसङ्ख्या तीव्र गतिमा बढ्दैछ । अहिले हाम्रो देशमा करीव ३० लाख ज्येष्ठ नागरिक हुनुहुन्छ । आफ्नो ऊर्जाशील समय कुनै न कुनैरुपमा राष्ट्रका लागि समर्पित गर्ने ज्येष्ठ नागरिकको सामाजिक सुरक्षाको प्रत्याभूति गर्ने क्रममा वर्तमान सरकारले ज्येष्ठ नागरिक स्वास्थ्य बीमा, सामाजिक सुरक्षा भत्तालगायत विभिन्न कार्यक्रम सञ्चालन गरेको छ ।

नेपालका प्रत्येक ज्येष्ठ नागरिकको जीविका र रहन सहन मानवोचितस्तरमा सुनिश्चित गर्न सरकारले कानूनमार्फत नै ठोस व्यवस्था गर्ने नीति लिएको छ । यसबीच वर्तमान सरकारले अघि सारेको हरेक अस्पतालमा जेरियार्टिक वार्ड अर्थात् ज्येष्ठ नागरिक वार्ड सञ्चालन गर्ने नीतिको कार्यान्वयन केही अस्पतालबाट शुरु भइसकेको छ ।

नेपालमा पहिलोपटक स्वर्गीय मनमोहन अधिकारीको नेतृत्वमा बनेको कम्युनिष्ट पार्टीको एकल सरकारले मासिक १०० रुपैयाँबाट ज्येष्ठ नागरिकका लागि सामाजिक सुरक्षाभत्ताको शुरुआत गरेको थियो । जनबोलीमा वृद्ध भत्ता भन्ने गरिएको उक्त भत्ताको राशि २०७६ साउनदेखि तीन हजार रुपैयाँ पु¥याइएको छ । वर्तमान सरकारले आफ्नो पाँचवर्षे कार्यकालभित्रै त्यसलाई पाँच हजार पु¥याउनेछ ।

विसं २०७६ को प्रारम्भसँगै वर्तमान सरकारले ७० वर्ष पुगेका ज्येष्ठ नागरिकलाई योगदान रकम सरकारले नै बेहोर्ने गरी निःशुल्क स्वास्थ्य बीमामा आबद्ध गर्ने नीति कार्यान्वयन गर्न थालिसकेको यहाँहरुलाई विदितै छ । यतिखेर झण्डै अढाई लाख ज्येष्ठ नागरिक वार्षिकरुपमा रु एक लाख बराबरको तोकिएका सुविधा सेवा विभिन्न स्वास्थ्य संस्थाबाट प्राप्त गरिरहनुभएको छ । चालू आर्थिक वर्षभित्र ७७ वटै जिल्लाका ज्येष्ठ नागरिकलाई यस योजनामा आबद्ध गरिनेछ ।

सातवटै प्रदेशमा ज्येष्ठ नागरिक आरोग्य आश्रम निर्माण गर्ने सरकारको योजना कार्यान्वयनको चरणमा रहेको छ । स्रोत र साधन अपर्याप्त हुँदाहुँदै पनि ज्येष्ठ नागरिकका लागि सरकारले सामाजिक तथा स्वास्थ्य सुरक्षाको व्यवस्था मात्र गरेको छैन । यो सरकार यातायात सेवामा पनि ज्येष्ठ नागरिकका लागि सिट आरक्षण र भाडा छुट जस्ता सुविधाको व्यवस्था गर्नसमेत प्रयत्नशील छ ।

यस अवसरमा म, हाम्रो सामाजिक–सांस्कृतिक परम्पराअनुरुप परापूर्वकालदेखि कायम रहँदै आएको आफूभन्दा ठूलाको आदर र कदर गर्ने संस्कारलाई अक्षुण्ण राख्न सबै नेपालीप्रति विशेष आग्रह गर्दछु । साथै, हाम्रो समाजका अनुभव र सीपका धरोहर सम्पूर्ण आमाबुबा र दिदीदाजुलाई एकपटक फेरि हार्दिक नमन गर्न चाहन्छु ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

सम्बन्धित

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

मृत व्यक्तिले अदालतमा बोले, हत्यारालाई क्षमा गरे !

बालेनले सच्याए सीमा विवादबारेको अभिव्यक्ति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group