काठमाडौं, १४ असोज । दराज अनलाईन शपिंगले उपभोक्तालाई ठग्ने गरेको पाइएको छ। दराज अनलाईनबाट उपभोक्ताले खरिद गरेको समान केही कारण फिर्ता गर्नु पर्यो भने दराजले उपलब्ध गराएको भौचर मार्फत आफुहरुलाई ठग्ने गरेको आरोप उपभोक्ताहरुले लगाएका छन् ।
उपभोक्ताले दराज अनलाइनबाट किनेको समान फिर्ता गरे पश्चात पाएको भौचरको कुल रकम बराबरको अर्को समान खरिद गर्न नपाउदै त्यो भौचरको सम्पूर्ण पैसा काट्ने गरेको दराज अनलाईनबाट ठगिएका किशोर आत्मन थारुले बताए ।
थारुका अनुसार दराज अनलाइनबाट किनेको समान फिर्ता गर्दा पाएको दुई हजार आठ सय पाँच रुपैया बराबरको भौचर पाँच सय पचास रुपैया बराबरको समान खरिद गर्दा नै सकिएको जानकारी दिएका छन् ।
यसको बारेमा थारुले दराज अनलाईनको ग्राहक सम्पर्क केन्द्रमा फोन गरेर जानकारी गराउदा एउटा भौचर एउटा समान खरिदको लागि मात्रै प्रयोग गर्न सकिने र भौचरमा रहेको बाँकी रकम ग्राहकले फिर्ता नपाउने हाम्रो नीतिमा रहेको बताएका थिए ।
जसका कारण थारुले आफ्नो बाँकी रहेको दुई हजार दुई सय पचपन्न रुपैया दराजबाट ठगिन पुगेको हो ।
यसरी भौचर उपलब्ध गराउदा दराज अनलाईनले भौचर सम्बन्धि कुनै नियम तथा नीति नै जानकारी नगराई ठग्ने गरेको उनको गुनासो रहेको छ । त्यसैगरी थारुले आफ्नो गुनासो प्रमुख सम्म राख्न पाउ भनेर अनुरोध गर्दा समेत माथिल्लो तहका व्यक्तिसँग कुरा गर्न नमिल्ने भनेर ग्राहक सम्पर्क केन्द्रका कर्मचारीले भनेका थिए ।
यसरी दराज अनलाईनले आफ्नो ठोस नीति जानकारी नगराउदा थारु मात्रै नभएर हजारौं उपभोक्ताले दराज अनलाईनबाट ठगिदै गरेको रहस्य बाहिर आउन थालेको हो ।
प्रतिक्रिया दिनुहोस्