ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संस्कृतिकै पाटो बन्दै दशैँको नयाँ नोट


एबीसी न्यूज
१४ आश्विन २०७६, मंगलबार   २ : ११   बजे

काठमाडौं १४ असोज । कास्कीको माछापुच्छे गाउँपालिका–३ घाचोकका दीनानाथ लम्साल प्रत्येक वर्ष दशैँका लागि नेपाल राष्ट्र बैंकको कार्यालय पुगी नयाँ नोट साट्नु हुन्छ । प्रत्येक वर्ष दशैँ लागेपछि नयाँ नोट साटेर लैजानु उहाँको वार्षिक कार्यक्रमजस्तै बनेको छ ।

यस वर्ष पनि दशैँका लागि नोट साट्न बिहानै पाँच बजे घाचोकबाट गाडी चढेर पोखराको राष्ट्र बैंक चोकस्थित बैंकको कार्यालयमा बिहान ७ बजे पुग्नुभयो । उहाँ पुग्दा केही सर्वसाधारण अघि नै पुगिसकेका थिए । हरेक वर्षजस्तै यस वर्ष पनि नयाँ नोट साट्ने भीड उस्तै थियो । सर्वसाधारणको लाइन एकपछि अर्को गर्दै बढी रहेको थियो ।

उहाँले विगत लामो समयदेखि दशैँमा नयाँ नोट साट्ने गरेको बताउँदै नयाँ नोट सटही संस्कृतिकै एउटा पाटोजस्तै बनिसकेको धारणा राख्नुभयो । लम्सालजस्तै स्याङ्जा घर भई हाल पोखरा बस्दै आएकी हीरा राई पनि बिहानै देखि नयाँ नोटका लागि लामबद्ध हुनुहुन्थ्यो ।

विशेष गरी दशैँका समयमा मात्रै नयाँ नोट सटही हुने भएकोले यस समयमा सर्वसाधारणले सहजरुपमा पाउने गरी नोट वितरण हुनुपर्ने उहाँको माग छ । नोट साट्नकै लागि लाइनमा भेटिएका पोखराको बिरौटा बस्ने अर्का व्यक्ति रामचन्द्र लम्साल सर्वसाधारणको नयाँ नोटप्रतिको आकर्षणलाई दृष्टिगत गर्दै त्यही किसिमबाट कर्मचारी परिचालन नगरिँदा सर्वसाधारणले लामो समय लाइनमा उभिनुपर्ने गरेको गुनासो गर्नुभयो ।

नयाँ नोट साट्नका लागि टाढा टाढाबाट आउने गरेका व्यक्तिलाई धेरै नउभिइकन सहजरुपमा चाँडो पैसा साटेर फर्कन सक्ने वातावरण निर्माण गर्नुपर्ने उहाँले बताउनुभयो । यस वर्ष दशैँलाई लक्षित गरी तीन वटा सटही काउन्टर सञ्चालनमा ल्याइएको नेपाल राष्ट्र बैंक पोखरा कार्यालयका निर्देशक डिल्लीराम पोखरेलले जानकारी दिनुभयो । ज्येष्ठ नागरिक एवं शारीरिक रुपमा असक्तका लागि छुट्टै काउन्टर व्यवस्था गरिएको छ भने सरकारी कार्यालय र सर्वसाधारणका लागि छुट्टाछुट्टै काउन्टर व्यवस्था गरिएको छ ।

अन्य समयभन्दा बढी सर्वसाधारणको चापलाई दृष्टिगत गरी जनशक्ति पनि त्यहीरुपमा परिचालन गरिएको उहाँको भनाइ थियो । “दशैँका लागि यस वर्ष पोखरा कार्यालयबाट एक अर्ब बराबरको नयाँ नोट वितरण गर्ने लक्ष्य छ”, उहाँले भन्नुभयो, “विभिन्न वित्तीय संस्थाबाट वितरण गर्ने गरी झण्डै रु ५० करोड ती संस्थालाई सटही गरी दिइसकेका छौँ, अरु रु ५० करोड बैंकको कार्यालयबाटै सर्वसाधारणलाई सटही गरिने छ ।” पोखरा कार्यालयबाट सोमबार मात्रै रु पाँच करोड ५६ लाख ७५ हजार बराबरको नयाँ नोट साटिएको छ ।

प्रतिव्यक्ति रु १८ हजार ५०० बराबरको नयाँ नोट साट्दै आएको कार्यालयले पाँच, १०, २०, ५० र १०० दरका एक÷एक सय सङ्ख्याका प्याकेट वितरण गरिरहेको उहाँले जानकारी दिनुभयो । दशैँका क्रममा नयाँ नोट साट्ने क्रम संस्कृतिजस्तै बने पनि प्रत्येक सर्वसाधारणमा नोटको जतन गर्नुपर्छ भन्ने भावना विकास हुनु अपरिहार्य भएको पोखरेलले बताउनुभयो ।

नोटको जतन सम्बन्धमा वित्तीय सङ्घ संस्थामा समय समयमा अभिमुखीकरण एवं अनुगमन गरिएको बताउँदै उहाँले यसबारे सर्वसाधारणमा पनि सचेतना अभिवृद्धि अपरिहार्य भएको बताउनुभयो । दशैँमा वितरण गरिएका नयाँ नोट रङ पोतिएका, झुत्रिएका अवस्थामा पुनः एक महीनापछि बैंकमा आउँछन् । बैंकमा फर्किएका ती नोटलाई व्यवस्थित गर्न थप समय लाग्ने गरेको छ ।

नेपाली समाजमा भेटी वा दक्षिणाका रुपमा नोट दिने चलन छ । टीका लगाएर रङ लतपतिएको हातले नै दक्षिणा दिइने कारण नोटमा रङ लाग्नुका साथै थोत्रो हुने गर्दछन् । दशैँमा निष्काशन गरिएका नयाँ नोट तिहार र छठ नसकिँदै झुत्रे भइसक्ने निर्देशक पोखरेलले बताउनुभयो । दशैँमा नयाँ बस्त्र लगाउने, किनमेल गर्ने र परिवारसँग खुशियालीका साथ मनाउने प्रचलनसँगै नयाँ नोटसहितको दक्षिणा पनि सँगै जोडिएको पोखरा महानगरपालिका–३३ भरतपोखरीका युवा परमेश्वर पौडेलले बताउनुभयो । संस्कृतिजस्तै बनेको दशैँको नयाँ नोट सटहीलाई नेपाल राष्ट्र बैंकले यथाशक्य सहज र सुलभ बनाउनुपर्ने उहाँको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group