काठमाडौं, १५ असोज । दशैमा नया कपडा लगाउने, किनमेल गर्ने र परिवारसंग खुशियालीका साथ मनाउने पर्व दर्शै । दशैंमा नया नोट सहितको दक्षिणा पनि दिने प्रचलन रहेको छ ।
हरेक वर्ष दसैं नजिकिंदै गर्दा सर्वसाधारणले नयां नोट साट्ने गर्छन् । यस वर्षको दसैंका लागि राष्ट्र बैंकले सोमबार सम्म ७ अर्ब रुपैया“ सटहिको लागि नया नोट बजारमा ल्याएको छ ।
दशैमा नया नोटको छुट्टै महत्व रहने गर्दछ । त्यसैले पनि बैंकहरुमा दशै शुरु भए सङ्गै नया नोट सटही गर्नेको भिड लाग्ने गरेको छ । बर्षमा एक दिन आउने वडा दशैमा नया नोट, ठूला वडाको आशीष, विभिन्न धार्मिक कार्यमा प्रयोग गर्ने गरिन्छ । यस वर्षे पनि असोज १० देखि १७ गतेसम्म नया नोट बैकमा पाईने छ ।
विगतका वर्षमा प्रतिव्यक्ति २७ हजारसम्म नोट साट्ने सीमा निर्धारण गरे पनि यस वर्ष भने त्यसलाई घटाएर राष्ट्र बैंकले ५ रुपैया“ देखि ५ सय रुपैयाका १⁄१ सेटका दरले एकजनालाई १८ हजार ५ सय नोट उपलब्ध गराउने जानकारी दिएको छ । विगतका बर्षहरुमा नोट साट्न समस्या हुदै आए पनि यस बर्ष भने सहज रुपमा नया“ नोट उपलब्ध गराएको बताए पनि सर्वसाधारणले भने त्यो अनुभृति गर्ने पाएका छैनन् ।
नोट सटही बर्षमा एक दिन हुने र त्यो पनि प्रयाप्त नहुने हुदा सर्वसाधारणले दुख पाइरहेको गुनासो गर्दै आएका छन् । हरेक वर्षे झै यस वर्षे पनि दशैमा नया“ नोटको सटही खुलको छ । नाय“ सटही नोट खुले पनि सर्वसाधारण भने सन्तुष्ट छैन्न । वर्षै पिच्छे हुने यस्ता समस्या लाई समयमै समाधान गर्न राष्ट्र बैंक गम्भीर हुनै पर्छ ।
प्रतिक्रिया दिनुहोस्