काठमाडौं, १५ असोज । नेपाल टेलिकमले आज फोर जी सेवाको नेटवर्क विस्तार गर्ने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अघि सारेको महत्वकांक्षी फोरजी सेवा विस्तारको आज औपचारिक रूपमा शुभारम्भ गर्दै हुनुहुन्छ । आज सा“झ ५ बजे मुख्यमन्त्रीसहित विभिन्न नगरका मेयरसंग एकैपटक भिडियो कल गरेर सेवा विस्तारको औपचारिक उद्घाटन गर्ने तय भएको नेपाल टेलिकमले जनाएको छ । यसअघि काठमाडौं र पोखरामा मात्र उपलब्ध फोर जी सेवा हाल सातै प्रदेशका कुल ३२ जिल्लाका प्रमुख शहरमा विस्तार गरिएको छ ।
मुलुकभर नै फोरजी सेवा उपलब्ध भएपछि उच्च गतिको मोबाइल ब्रोडव्याण्डमार्फत, श्रव्यदृश्य तथा विद्युतीय माध्यमबाट शिक्षा, स्वास्थ्य, सामाजिक सेवाहरु र मनोरञ्जन लगायत विविध सेवा प्रवाहमा वृहत् सुधार हुने अपेक्षा छ । फोर जी सेवा विस्तार भएपछि सेवाग्राहीहरुले साविकको मूल्यमा दोब्बर डाटा पाउने टेलिकमले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्