ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘कसैको आदेशका भरमा अभिलेखालय स्थानान्तरण हुँदैन’– उड्ययनमन्त्री भट्टराई


एबीसी न्यूज
१७ आश्विन २०७६, शुक्रबार   ३ : ५१   बजे

काठमाडौं, १७ असोज । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले कसैको आदेशका भरमा राष्ट्रिय अभिलेखालय स्थानान्तरण नहुने बताउनुभएको छ । अभिलेखालयको ५२औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उपयुक्त विकल्प तयार नभएसम्म ऐतिहासिक, पुरातात्विक सामग्री रहेको भवन नसर्ने स्पष्ट पार्नुभयो ।

“ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक दृष्टिले महत्वपूर्ण अभिलेख नेपाल भ्रमण वर्ष–२०२० मा देखाएर पर्यटकलाई आकर्षित गर्न सकिन्छ, पाँचौँ शताब्दीदेखिका अभिलेख पढ्न नेपाल आऊ भनी पर्यटकलाई निमन्त्रणा गरिनुपर्छ, अभिलेखालयलाई खुला विश्वविद्यालयका रुपमा विकास गरिनुपर्छ, अभिलेखालयमा ज्ञान लिन विश्वसमुदायलाई आह्वान गर्न सकिन्छ”, उहाँले भन्नुभयो ।

अभिलेखालयमा जनशक्ति, साधन एवं स्रोत पूर्ति गर्न लागिपर्ने मन्त्री भट्टराईको प्रतिबद्धता थियो । अभिलेख व्यवस्थित रुपमा राख्न सक्ने कर्मचारी व्यवस्थापन गरिने उहाँले बताउनुभयो । पूर्वमन्त्री ऋद्धिबाबा प्रधानले ३५ हजारभन्दा धेरै हस्तलिखित ग्रन्थ रहेको दक्षिण एशियाकै उत्कृष्ट अभिलेखालयको भवन वैज्ञानिक रुपमा निर्माण गरिएकाले सार्न नहुने बताउनुभयो ।

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले सिल्भाँ लेभीले राष्ट्रिय अभिलेखालयमै अध्ययन गरेर नेपालको इतिहाससम्बन्धी दुई पुस्तक लेखेको स्मरण गर्नुहुँदै हजारौँ सन्दर्भ सामग्रीको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । “भौतिक समृद्धि मात्र नभई सांस्कृतिक सम्पत्तिमा पनि हाम्रो ध्यान जानुपर्छ, महर्षि याज्ञवल्क्य, गौतम बुद्ध जस्ता ऋषि महर्षिको योगदान जीवित राख्न पनि सांस्कृतिक सम्पत्ति जोगाउन ध्यान दिनुपर्छ”, उहाँले भन्नुभयो ।

मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले चालू आर्थिक वर्षमा ५५ हजार ग्रन्थलाई ‘डिजिटलाइज्ड’ गर्न बजेट व्यवस्था गरिएको बताउनुभयो । प्राचीन सामग्री अभिलेखालयलाई हस्तान्तरण गरी सहयोग गर्न पनि उहाँले आह्वान गर्नुभयो । मदन भण्डारी स्मृति प्रतिष्ठानका अध्यक्ष गुरुप्रसाद बरालले अभिलेखालयमा आदिकालदेखि हालसम्मका अभिलेख सुरक्षित रहेकाले सभ्यता र संस्कृतिको बिम्बका रुपमा स्थापित गरिनुपर्ने बताउनुभयो ।

अभिलेखालयको भवन रहेको जग्गा सर्वोच्च अदालतलाई दिन मन्त्रिपरिषद्ले विसं २०७१ मा गरेको निर्णय फिर्ता लिनुपर्ने उहाँको माग थियो । पुरातत्व विभागका निमित्त महानिर्देशक दामोदर गौतमले अभिलेखालयलाई विभागस्तरमा स्तरोन्नति गरिएसँगै यसको सङ्गठन संरचना निर्माण गरिनुपर्ने बताउनुभयो । अभिलेखालयलाई अध्ययन अनुसन्धानको थलोका रुपमा स्थापित गर्न उपकरण एवं साधन स्रोतको व्यवस्था गरिनुपर्ने उहाँको भनाइ थियो ।

अभिलेखालयकी प्रमुख सौभाग्य प्रधानाङ्गले ऐतिहासिक सामग्री सङ्ग्रह गर्न वातानुकूलित रुपमा निर्माण गरिएको भवन बिना तयारी सार्न पत्राचार भइरहँदा कार्यालय सञ्चालनमै प्रभाव परेको गुनासो गर्नुभयो । सो अवसरमा राष्ट्रकवि माधवप्रसाद घिमिरे र वाङ्मय शताब्दी पुरुष जोशीलाई अभिनन्दन गरिएको थियो ।

कार्यक्रममा अभिलेखालयले प्रकाशन गरेको ‘परागतन्त्र’ र ‘प्रथम लगत’ पुस्तकको विमोचन गरिएको थियो । पुस्तकमाथि क्रमशः माधवप्रसाद लामिछाने र भीमप्रसाद नेपालले समीक्षात्मक मन्तव्य राख्नुभएको थियो । अभिलेखालयलाई ऐतिहासिक सामग्री दिनुहुने त्रिलोकमान आङ्बो, सुशीलविक्रम थापा, साफल्य अमात्य र भगीरथ इङनामलाई सो अवसरमा सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group