ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महाकाली अस्पतालमा चिकित्सक अभाव


admin
२० आश्विन २०७६, सोमबार   १ : २९   बजे


कञ्चनपुर, २० असोज । कञ्चनपुरको भीमदत्त नगरपालिका १८ मा रहेको महाकाली अस्पतालमा चिकित्सकको अभाव भएको छ । दरबन्दीका चिकित्सकको पदपूर्ति नहुँदा बिरामीलाई अन्यत्र ‘रिफर’ गरिदैँ आएको छ । चिकित्सककै अभावमा बिरामीले भारतीय निजी अस्पतालमा चर्को मूल्य तिरेर उपचार गराउनु परेको छ ।

अस्पतालमा २८ जना चिकित्सकको दरबन्दी भएपनि प्रसूति रोग विशेषज्ञ हरिकुमार श्रेष्ठ र छाला रोग विशेषज्ञ शम्भु जोशी गरी दुई चिकित्सक मात्रै कार्यरत छन । अस्पतालमा डेन्टल नवौँ तहका सात मेडिकल अधिकृत, १० औँ तहका १६ र ११ औँ तहका चार चिकित्सकको दरबन्दी भएपनि दुई बाहेक सबै दरबन्दी रिक्त अबस्थामा रहेको अस्पतालका सूचना अधिकारी केशवदत्त अबस्थीले बताउनुभयो ।

उहाँका अनुसार चिकित्सा परिचालन निर्देशनालयबाट चार मेडिकल, दुई डेन्टल अधिकृत र अस्पताल व्यवस्थापन समितिबाट एक चिकित्सक मात्रै कार्यरत रहेका छन । अस्पतालमा सामान्य रोगका बिरामी बाहेक गम्भीर प्रकृतिका बिरामीलाई उपचारका लागि अन्यत्र सिफारिस गरिदै आएको छ । अस्पतालमा रहेका उपकरणहरु चलाउने जनशक्ति नहुँदा समेत समस्या भएको छ । -रासस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

सम्बन्धित

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

मृत व्यक्तिले अदालतमा बोले, हत्यारालाई क्षमा गरे !

बालेनले सच्याए सीमा विवादबारेको अभिव्यक्ति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group