ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चितवनको बछौलीमा थारु अनुसन्धान केन्द्र स्थापना


admin
२० आश्विन २०७६, सोमबार   १ : ३८   बजे


चितवन, २० असोज । चितवनको बछौलीमा थारु अनुसन्धान केन्द्र स्थापना गरिएको छ ।

पर्यटकीय क्षेत्र सौराहामा निर्माण गरिएको थारु अनुसन्धान केन्द्रको नवनिर्मित भवनको आज गैरआवासिय नेपाली सङ्घ (एनआरएनए)का पूर्वअध्यक्ष जीवा लामिछानेले उद्घाटन गर्नुभयो ।

सङ्ग्रहालयसँगै स्थापना भएको अनुसन्धान केन्द्र नेपालकै पहिलो हो । अहिलेसम्म नेपालमा सङ्ग्रहालयसँगै अनुसन्धान केन्द्र बनेको छैन । एनआरएनएका पूर्वअध्यक्ष लामिछानेले थारु कला संस्कृतिको बारेमा अनुसन्धान गर्न अब सहज हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

अनुसन्धान केन्द्रको भवन निर्माणका लागि लामिछाने नै अध्यक्ष रहेको खेमलाल र हरिकला लामिछाने प्रतिष्ठानले १२ लाख ३१ हजार १६१ सहयोग गरेको थियो ।

यस्तै निर्वाचन क्षेत्र पूर्वधार विकास कार्यक्रमअन्तर्गत सांसद सुरेन्द्र पाण्डे र रुकमणि चौधरीबाट १० लाख सहयोग गर्नुभएको छ । यसैगरी रत्नगर नगरपालिका वडा नं ५, ६ र ७ बाट चार लाख, थारु सांस्कृतिक सङ्ग्रहालयको आन्तरिक स्रोतबाट पाँच लाख, फ्रान्सका स्वयंमसेवी विद्यार्थीबाट दुई लाख सहयोग प्राप्त भएको सङ्ग्रहालयका अध्यक्ष वीरेन्द्र महतोले जानकारी दिनुभयो ।

कार्यक्रममा थारु सांस्कृतिक सङ्ग्रहालयले समाजसेवी लामिछानेलाई सम्मान गरिएको थियो । बछौलीमा २०६३ सालमा थारु सांस्कृतिक सङ्ग्रहालयको स्थापना भएको थियो । अहिले यो सङ्ग्रहालयमा अवलोकनका लागि विदेशी तथा स्वदेशी पर्यटक आउने गरेका छन् । स्थानीय थारु समुदाय, राष्ट्रिय प्रकृति संरक्षण कोष र थारु सांस्कृतिक सङ्ग्रहालय मिलेर अनुसन्धान केन्द्रको स्थापना गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group