ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तनहुँका २४३ उद्योग खारेज


एबीसी न्यूज
२३ आश्विन २०७६, बिहिबार   ४ : ००   बजे

काठमाडौं, २३ असोज ।  घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय दमौलीले जिल्लाका २४३ उद्योग खारेज गरेको छ । कार्यालयले आव २०७५/७६ मा जिल्लामा दर्ता भएका कूल आठ हजार ११५ मध्ये २४३ उद्योग खारेज गरेको हो ।

उद्योग सञ्चालनका लागि दर्ता गराए पनि लामो समयसम्म निष्क्रिय रहेका उक्त उद्योग खारेज गरिएको कार्यालयका प्रमुख नारायणप्रसाद ढकालले जानकारी दिनुभयो । खारेज हुने उद्योगमा सेवामूलक, उत्पादनमूलक, कृषि तथा वन पैदावरमा आधारित उद्योग रहेका छन् ।

औद्योगिक व्यवसाय ऐन २०७३ अनुसार उद्योगीले उद्योग चलाउन नसक्ने भनी कारणसहित निवेदन दिएमा, शर्त तथा निर्देशन पालना नगरेमा, लामो समयसम्म नवीकरण नगरेमा उद्योग खारेज हुने प्रावधान छ । उद्योग खारेजी गर्न पनि उद्योग सञ्चालकले शुल्क तिरेर खारेजी गराउनुपर्ने प्रावधान रहेको छ । उद्योग खारेजी गर्दा प्रतिवर्षको पाँच हजार र नवीकरण गर्दा लाग्ने दस्तुरको तेब्बर दस्तुर तिरेर मात्र खारेजी गर्न सकिने प्रावधान छ ।

कार्यालयमा कूल आठ हजार ११५ उद्योग दर्ता भए पनि छ हजार ८९ उद्योग चालू अवस्थामा रहेका छन् । कार्यालय प्रमुख ढकालका अनुसार गत आर्थिक वर्षमा मात्रै जिल्लामा एक हजार १३५ उद्योग दर्ता भएको छ । उक्त अवधिमा उत्पादनमूलकतर्फ १४३, कृषि तथा वनजन्यतर्फ ४९९, सेवामूलकतर्फ २९५, पर्यटनमूलकतर्फ १९२, निर्माणतर्फ छ उद्योग दर्ता भएका छन् । दर्ता भएर सञ्चालनमा आएका घरेलु उद्योगमा रु एक अर्ब सात करोड ३८ लाख ७५ हजार ५५१ लगानी भएको कार्यालयले जनाएको छ ।

जिल्लामा सबैभन्दा बढी कृषि तथा वनजन्यतर्फ उद्योग दर्ता भएको छ । “कृषि र पशुपालनमा युवाको आकर्षण बढेसँगै कृषिसम्बन्धी उद्योग दर्ता वृद्धि भएको छ”, ढकालले भन्नुभयो ।

जिल्लामा दर्ता भएका उद्योगमध्ये ८४ लघु, २३ घरेलु र एक हजार २८ साना उद्योग रहेका छन् । कार्यालयमा आर्थिक वर्ष ०७४÷७५ मा ७८८ उद्योग दर्ता भएको थियो । जसमध्ये १४६ लघु उद्योग, ५९३ साना उद्योग र ४९ घरेलु उद्योग रहेका थिए ।

कार्यालयका अनुसार दर्ता भएका उद्योगबाट वार्षिक रु एक अर्ब ४१ करोड दुई लाख २१ हजार ९२० बराबरको वस्तु उत्पादन हुन्छ । ती उद्योगमा एक हजार २८४ महिला र एक हजार ९९५ पुरुष गरी तीन हजार २७९ जनाले रोजगारी पाएका छन् । उद्योग दर्ताबाट ३०७ महिला र ९२५ पुरुष गरी एक हजार २३२ जना उद्यमी बनेका छन् ।

कार्यालयले उद्योग दर्ताबापत आर्थिक वर्ष ०७५/७६ मा रु एक करोड ५९ लाख ३० हजार ४७२ राजश्व सङ्कलन गरेको छ । दर्ता भएको एक हजार १३४ मध्ये ७३० उद्योगले नवीकरण, ६७ उद्योगले नामसारी, नौ उद्योगले ठाउँसारी, ३८ उद्योगले उद्देश्य थप, ६० उद्योगले लगत कट्टा गरेका छन् भने १०२ उद्योगले प्रतिलिपि र ५० उद्योगले पूँजीवृद्धि गरेका छन् ।

रु एक लाखसम्म पूँजी भएको उद्योगले रु एक हजार १००, तीन लाखसम्म पूँजी भएकोले रु तीन हजार १००, रु पाँच लाखसम्म पूँजी भएकोले रु छ हजार १००, रु ५० लाखसम्म पूँजी भएकोले रु १२ हजार १००, रु एक करोडसम्म पूँजी भएकोले रु २० हजार १००, रु पाँच करोडसम्म पूँजी भएकोले रु ३० हजार १०० र रु पाँच करोडभन्दा माथि पूँजी भएको उद्योगले रु ५० हजार ११० दर्ताबापत शुल्क बुझाउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group