ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समान भोल्टेजको विद्युत् उपलब्ध गराउन आग्रह


एबीसी न्यूज
२३ आश्विन २०७६, बिहिबार   ७ : ०६   बजे

काठमाडौं, २३ असोज ।चिनियाँ राष्ट्रपति सि चिन फिङको राजकीय भ्रमणको क्रममा सहज रुपमा एकै प्रकारको भोल्टेज सहितको विद्युत् आपूर्ति हुने व्यवस्था मिलाउन नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल विद्युत् प्राधिकरणलाई आग्रह गरेको छ । चिनियाँ राष्ट्रपति यही असोज २५ र २६ गते दुई दिवसीय राजकीय भ्रमणका लागि आउँदै हुनुहुन्छ ।

नागरिक उड्डयन प्राधिकरणले नेपाल विद्युत् प्राधिकरणलाई बुधबार पठाएको पत्र अनुसार चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणलाई मध्यनजर गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, फुल्चोकीस्थित कम्युनिकेशन रिपिटर स्टेशनमा निरन्तर विद्युत् आपूर्तिको व्यवस्था मिलाउन आग्रह गरेको छ । यस्तै भट्टेडाँडास्थित राडार स्टेशनमा निरन्तर विद्युत् उपलब्ध गराइदिन समेत ध्यानकर्षण गराएको छ ।

ती स्थानमा निरन्तर विद्युत् आपूर्तिलाई प्राथमिकतामा राखी आवश्यक व्यवस्था गर्न नागरिक उड्डयनले विद्युत् प्राधिकरणलाईअनुरोध गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रदान गरिएको चाबहिल तथा नयाँ बानेश्वरको फिडaर लाइनको डेडिकेटेड विद्युत् आपूर्तिलाई समेत उच्च प्राथमिकतामा राखी निरन्तर विद्युत् आपूर्ति गर्न आवश्यक व्यवस्थाका लागि अनुरोध गरिएको हो ।

विद्युत्को भोल्टेजमा हुने उतार चढावले समस्या आउन सक्ने भएकाले विशेष ध्यान दिइएको बताइएको छ । त्यसो त विद्युत् प्राधिकरणले यस अघि नै अत्यावश्यक स्थानमा भोल्टेजलगायतका विषयमा देखिएको समस्याको समाधान गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group