ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भक्तपुर काँग्रेस र एमालेमा बागी उम्मेदवार


admin
१७ कार्तिक २०७४, शुक्रबार   १२ : ५२   बजे

भक्तपुर, १७ कात्तिक ।  भक्तपुरको प्रदेशसभातर्फ दुई निर्वाचन क्षेत्रमा नेपाली काँग्रेस र वाम गठबन्धनका आधिकारिक उम्मेदवार बिरुद्ध बागी उम्मेदवार खडा भएका छन् ।
आसन्न दोस्रोचरणको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि हिजो बिहीबार उम्मेदवार मनोनयन दर्ता गर्ने क्रममा बागी उम्मेदवार दुबै दलका आधिकारिक उम्मेदवार विरुद्ध अर्का उम्मेदवार खडा भएका हुन्

भक्तपुरको निर्वाचन क्षेत्र नं १ को प्रदेश नं १ (क) चाँगुनारायणमा वाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका डिपी (देवीप्रसाद) ढकालले उम्मेदवारी दर्ता गराउनुभयो । वाम गठबन्धनको तर्फबाट उम्मेदवारी दिएको भन्दै एमाले र (माओवादी केन्द्र)का नेता एवं दलका झण्डा बोकेर ¥यालीसहित आएका थिए ।
त्यसको आधा घण्टा पछि एमालेको केन्द्रीय नेता एवं कार्यकर्ताको जुलुसको नेतृत्व गर्दै पार्टीको झण्डा लिएर आफू आधिकारिक उम्मेदवार भएको भन्दै एमाले जिल्ला सचिव हरिशरण लामिछानेले निर्वाचान कार्यालयमा आएर उम्मेदवारी दर्ता गराउनुभयो ।

वाम गठबन्धनको तर्फबाट आफूले टिकट पाएको भन्दै ढकालले आफै आधिकारिक उम्मेदवार भएको दाबी गर्नुभयो भने एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरसहितको टिकट ल्याएका लामिछानेले आफू नै आधिकारिक उम्मेदवार भएको दाबी गर्नुभयो ।

वामगठबन्धन भए पनि यस क्षेत्रमा दुबै पार्टीको उम्मेदवारी परेपछि विवाद सिर्जना भएको छ । यता नेपाली काँग्रेसमा पनि यस्तै समस्या आएको छ । भक्तपुर निर्वाचन क्षेत्र नं २ को प्रदेश नं १ (क) सूर्यविनायकमा नेपाली काँग्रेसका जिल्ला सचिव उद्धव सिलवालले दलबल र ¥यालीसहित उम्मेदवारी दर्ता गराउनुभयो ।

त्यसको आधाघण्टापछि पार्टी सभापति शेरबहादुर देउवाले आफूलाई टिकट दिएकाले आफै आधिकारिक उम्मेदवार भएको बताउँदै काँग्रेसका युवा नेता अंगद खड्काले उम्मेदवारी दर्ता गराउनुभयो । उहाँको उम्मेदवारी परेसँगै काँग्रेस वृत्तमा तरंग पैदा भएको छ ।

सिलवाल भन्नुहुन्छ—“पार्टीले मलाई नै टिकट दिएको छ, त्यसैले काँग्रेसको आधिकारिक उम्मेदवार म हुँ, खड्काले कसरी टिकट पाउनुभयो मलाई थाहा छैन, उहाँको टिकट नै फर्जी हुनसक्छ ।” यता खड्काको दाबी पनि यस्तै नै छ । उहाँ भन्नुहुन्छ—“पार्टी सभापति शेरबहादुर देउवाले नै मलाई टिकट दिनुभएको हो, सिलवालजीले कहाँबाट टिकट ल्याउनु भो मलाई थाहा छैन, काँग्रेसको आधिकारिक उम्मेदवार मै हुँ ।” काँग्रेस र वाम गठबन्धनमा छुटृाछुटृै क्षेत्रमा बागी उम्मेदवार खडा भएपछि परेपछि तरंग र विवाद सिर्जना भएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

विष्णु पौडेलको गिरफ्तारी प्रतिशोध हो : केपी ओली

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

विष्णु पौडेलको गिरफ्तारी प्रतिशोध हो : केपी ओली

५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सरकारको अल्टिमेटम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group