ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram


एबीसी –न्युज
१० श्रावण २०८३, आइतबार   ९ : १२   बजे

काठमाडौं, साउन १०। फिफा विश्वकप २०२६ को अवसरमा काठमाडौंको दरबारमार्गस्थित किंग्स लाउन्ज ले सञ्चालन गरेको भविष्यवाणी र जीत अभियान भव्य रूपमा सम्पन्न भएको छ। विश्वकप अवधिभर चलचित्र हल चलचित्र थिएटर सरहको विशाल एलईडी स्क्रिनमा सबै खेलहरूको प्रत्यक्ष प्रसारण गर्दै खेलप्रेमीहरूलाई विश्वस्तरीय फुटबलको रोमाञ्चक अनुभव दिलाएको किंग्स लाउन्जले यसपटक पनि हजारौं दर्शकको उल्लेखनीय सहभागिता प्राप्त गरेको जनाएको छ।

विश्वकप अवधिभर किंग्स लाउन्जमा उपस्थित भई बिलिङपछि लक्की ड्र कुपन संकलन गर्ने ग्राहकहरू भविष्यवाणी र जीत अभियानमा सहभागी भएका थिए। यस अभियानअन्तर्गत तीन जना भाग्यशाली विजेतालाई बैंकक भ्रमण गराइने किंग्स लाउन्जका प्रबन्ध निर्देशक कुमार गुरुङ ले जानकारी दिनुभयो। दउहाँका अनुसार, खेलप्रेमीहरूलाई केवल खेल हेर्ने अवसर मात्र नभई उत्साह, मनोरञ्जन र अविस्मरणीय अनुभव प्रदान गर्ने उद्देश्यले यो अभियान सञ्चालन गरिएको हो। सहभागीहरूले विश्वकपका खेलहरूको स्कोर अनुमान गर्दै आकर्षक उपहारका साथै बैंकक भ्रमण जित्ने अवसर प्राप्त गरेका छन्। किंग्स लाउन्जले फिफा विश्वकप २०१८ र २०२२ मा पनि बैंकक भ्रमणसहित विभिन्न आकर्षक पुरस्कार योजनाहरू सञ्चालन गरी खेलप्रेमीहरूको मन जितेको थियो। यस वर्ष पनि सोही परम्परालाई निरन्तरता दिँदै विश्वकपलाई भव्य रूपमा मनाइएको हो। मनोरञ्जन व्यवसायसँगै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै आएको किंग्स लाउन्ज खेल, खेलाडी, कलाकार तथा समाजसेवाप्रति प्रतिबद्ध संस्थाका रूपमा परिचित छ।

संस्थाले विगतदेखि नै खेलकुदको विकास, प्रतिभाशाली खेलाडीलाई प्रोत्साहन, कलाकारहरूको सम्मान तथा गरिब, असहाय र अनाथ बालबालिकाको शिक्षा, स्वास्थ्य र मानवीय सेवामा निरन्तर सहयोग गर्दै आएको छ। प्रबन्ध निर्देशक कुमार गुरुङले भन्नुभयो, “खेलले मानिसलाई जोड्ने, प्रेरणा दिने र समाजलाई सकारात्मक दिशातर्फ अघि बढाउने शक्ति राख्छ। किंग्स लाउन्जले विगतदेखि नै खेल, खेलाडी, कलाकार र सामाजिक सेवाका क्षेत्रमा निरन्तर योगदान दिँदै आएको छ। आगामी दिनमा पनि यस्ता रचनात्मक र सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई अझ व्यापक बनाउँदै लैजाने हाम्रो प्रतिबद्धता रहनेछ।”


उहाँले अबको केही दिनभित्र सञ्चारकर्मी, राष्ट्रिय खेलाडी, कलाकार, समाजसेवी तथा सहभागी ग्राहकहरूको उपस्थितिमा बैंकक टुरका तीन जना भाग्यशाली विजेताको सार्वजनिक लक्की ड्र कार्यक्रम आयोजना गरिने जानकारी दिनुभयो। निष्पक्षता र पारदर्शितालाई सुनिश्चित गर्न सबैको उपस्थितिमा प्रत्यक्ष लक्की ड्र गरी विजेताको घोषणा गरिने उहाँले बताउनुभयो।

विश्वकप २०२६ को अवसरमा किंग्स लाउन्जले आयोजना गरेको विशाल पर्दाको लाइभ स्क्रिनिङ र ‘एचभमष्अत ७ ध्ष्ल’ अभियानले काठमाडौंका खेलप्रेमीमाझ उत्साहपूर्ण माहोल सिर्जना गर्नुका साथै मनोरञ्जन र पुरस्कारलाई एकै साथ जोड्ने सफल अभियानका रूपमा आफूलाई स्थापित गरेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

डा. गोविन्द केसीसँग आज औपचारिक वार्ता, सरकारको टोली धनगढीमा

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

सम्बन्धित

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

एल्गोरिदमको लतबाट मुक्ति पाउने मेरो ‘लो-फाई’ उपाय

मित्रराष्ट्रसँगको सम्बन्धमा असर पर्ने फिल्मलाई प्रदर्शन अनुमति नदिने सरकारको निर्णय

इन्स्टाग्राममा बाल यौन दुर्व्यवहार सामग्रीको विज्ञापन! बीबीसीको अनुसन्धानपछि मेटामाथि गम्भीर प्रश्न

प्रधानमन्त्रीको धार्मिक झुकावपछि सेनापतिको अध्यात्म मोह चर्चामा, परम्परा कि नयाँ संकेत ?

एआई पपुलिज्म को उदय: तर कोही पनि तयार छैनन्! :न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu