ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आफूलाई परिवर्तन गरेर सेवा दिन जरुरी छ– मुख्यमन्त्री भट्ट


एबीसी न्यूज
२४ आश्विन २०७६, शुक्रबार   ३ : ४०   बजे

काठमाडौं, २४ असोज । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले अहिलेको युग र आवश्यकतानुसार प्रहरीले आफूलाई परिवर्तन गरेर अपराध रोकथाममा लाग्नुपर्ने बताउनु भएको छ । चौँसठ्ीऔँ प्रहरी दिवसका आवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले परिवर्तित व्यवस्थाको वर्तमान परिवेशमा हिजोकै सोच, शैली, व्यवहारले समाजमा शान्तिसुरक्षा र अमनचयनको भरपर्दो व्यवस्था गर्न चुनौती हुने उल्लेख गर्नुभयो । जनताले हिजोको भन्दा फरक तरिकाले सेवा मागिरहेको उल्लेख गर्दै मुख्यमन्त्री भट्टले भन्नुभयो, “प्रहरीलगायत सबैले सकारात्मक सोच र व्यवहारका साथ नयाँ तरिकाले सेवा दिन जरुरी भइसकेको छ ।”

आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले प्रदेश सरकार प्रदेश प्रहरी गठनका लागि आवश्यक प्रक्रियामा लागेको जानकारी दिनुभयो । सुदूरपश्चिम प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक तारिणीप्रसाद लम्सालले अपराध रोकथाम गरी समाजमा शान्तिसुरक्षा र अमनचयनको व्यवस्था मिलाउन पछि नहट्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा डोटी जिल्लामा कार्यरत प्रहरी नायब निरीक्षक लोकेन्द्रसिंह कार्कीलाई यस वर्षको उत्कृष्ट अनुसन्धानकर्ता भएबापत पुरस्कृत गरिएको थियो । यसैगरी विसं २०७५को एसइई परीक्षामा उत्तीर्ण हुने प्रहरीका छोराछोरीहरु अनिसाकुमारी साउद, अनिताकुमारी पन्त, दीपेश भण्डारी र कल्पना साउदलाई पनि पुरस्कृत गरिएको थियो । धनगढी उपमहानगरपालिकाका उपप्रमुख सुशीला मिश्र भट्ट, नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष जगत साउद, नागरिक समाजका अगुवा डा हेमराज पन्त, पूर्वप्रहरी दलबहादुर बोगटीलगायतले बदलिँदो समाजिक परिवेशमा प्रहरी सङ्गठनले आफ्नो सेवालाई अझ बढी प्रभावकारी बनाउन जरुरी भएकामा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group