ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मनोनयन दर्तासँगै चुनावी चहलपहल


admin
१७ कार्तिक २०७४, शुक्रबार   १ : ४०   बजे

बुटवल, १७ कात्तिक । प्रतिनिधिसभा र प्रदेशसभाको यहि मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनको मिति नजिकिँदै जाँदा चुनावी चहलपहल बढ्न थालेको छ ।

मंसिर २१ गते दोस्रो चरणको निर्वाचन हुने रुपन्देही जिल्लामा पनि बिहीबार मनोनयन दर्तासँगै चुनावी चहलपहल बढेको हो । बिहीबार मनोनयन दर्ता गर्न पुगेका उम्मेदवारले विभिन्न किसिमले शक्ति प्रदर्शन गरेर मतदातालाई आफूप्रति आकर्षण गर्ने प्रयास गरेका थिए ।

निर्वाचनको माहोल र विगतका निर्वाचनमा दलहरूले पाएको मत हेर्दा यसपटक पनि मुख्य दलहरूबीच प्रतिस्पर्धा हुने देखिन्छ । यससँगै जिल्लाको दक्षिणी क्षेत्रमा मधेश केन्द्रित दलहरू पनि प्रतिस्पर्धी देखिएका छन् ।

चुनावी चहलपहलसँगै चुनावी प्रतिस्पर्धाका बारेमा आँकलनसमेत हुन थालेको छ । वाम पार्टीबीचको तालमेल सफल बनाउन जिल्लामा वाम पार्टीहरूले संयुक्त प्रचारप्रसारसमेत थालेका छन् । यो तालमेलपछि अर्को शक्ति नेपाली काँग्रेस पनि अन्य दलसित तालमेल गरेर निर्वाचनमा लागेको छ ।

जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभाका क्षेत्रमा कुन शक्तिको कस्तो आँकलन छ त्यो धेरैको चासोको विषय बनेको छ । स्थानीय तहको चुनावपछि पनि धेरै ठाउँमा मतदाता थपिएका छन् ।

भर्खरै सम्पन्न स्थानीय तहको चुनावमा प्राप्त मतका आधारमा विश्लेषकहरूले चुनावी आँकलन गर्न थालेका छन् । स्थानीय तहको निर्वाचनका आधारमा जिल्लाका अधिकांश क्षेत्रमा वाम गठबन्धन बलियो देखिन्छ ।

जिल्लामा स्थानीय तहको निर्वाचनपछि भएको मतदाता नामावली संकलनबाट झण्डै ६१ हजार नयाँ मतदाता थपिएका छन् । जिल्लामा अहिले पाँच लाख २२ हजार ६०२ मतदाता छन् । यीमध्ये महिला दुई लाख ६३ हजार ८१३, पुरुष दुई लाख ५८ हजार ७८३ र छजना तेस्रोलिङ्गी मतदाता छन् । जिल्लामा आउँदो मंसिर २१ गतेको चुनावका लागि ५९८ मतदान केन्द्र र २०८ मतदानस्थल तोकिएको जिल्ला निर्वाचन अधिकारी अयोध्याप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

जिल्लामा हालैको स्थानीय निर्वाचनमा एमाले–माओवादीले काँग्रेस–राप्रपाले भन्दा झण्डै १५ हजार मत बढी ल्याएका छन् । यहाँका १६ वटा स्थानीय तहमा प्राप्त मतलाई अहिले विभाजन भएको निर्वाचन क्षेत्रमा छुट्याएर बनाइएको तथ्यांकअनुसार जिल्लाको समग्र प्राप्त मतमध्ये एमाले–माओवादीको मत एक लाख २४ हजार ६७३ छ भने काँग्रेस–राप्रपाको मत एक लाख नौ हजार ७४४ छ ।

रुपन्देहीमा एमालेले मात्रै ९९ हजार ५६७ मत, काँग्रेसले ९१ हजार ३८ मत, माओवादी केन्द्रले २५ हजार १०६ मत र राप्रपाले १८ हजार ७०६ मत ल्याएका थिए तर यहाँ संघीय समाजवादी फोरम, फोरम लोकतान्त्रिक, स्वतन्त्र, जनमुक्तिको समेत मत उल्लेख्य छ । संघीय समाजवादी फोरमले मात्रै २८ हजार ६४८ मत ल्याएको थियो । यो स्थानीय तहमा संख्याका आधारमा रुपन्देहीमा फोरम दोस्रो दल बन्यो । त्यस्तै फोरम लोकतान्त्रिकले १४ हजार ३९९ मत पाएको थियो । त्यस्तै स्वतन्त्रका उम्मेदवारले आठ हजार ४२० र जनमुक्तिले सात हजार ७७७ मत पाएका थिए ।

जिल्लाका १६ वटा तहमध्ये सात तहमा प्रमुख उपप्रमुखसहित बहुमत स्थानमा एमालेले जितेको छ । स्वतन्त्रका रूपमा चुनाव जितेका राजपाका नेता जितेन्द्र (बब्लु) शुक्ला हालै एमालेमा प्रवेश गर्नुभएको छ । उहाँ सेमरीमाई गाउँपालिकाका अध्यक्ष हुनुहुन्छ । शुक्लासहित राजपाका राष्ट्रिय उपाध्यक्ष, पूर्व सांसद ओमप्रकाश यादव गुल्जारीसहितका थुप्रै केन्द्रीय नेता एमालेमा प्रवेश गरेका छन् । यो आधारमा स्वतन्त्रका रूपमा खसेको राजपालगायतको मत अब सोही अवस्थामा अवस्था छ । एमाले–माओवादी केही कमजोर देखिएका स्थानमा राजपाका केन्द्रीय नेताहरू ठूलै शक्तिसहित एमालेमा प्रवेश गरेपछि पहिलेको आँकलन फेरिने एमाले जिल्लाका प्रचार विभाग प्रमुख तेजेन्द्र केसी दाबी गर्नुहुन्छ ।

स्थानीय तहमा प्राप्त मतअनुसार रुपन्देहीमा प्रतिनिधिसभाका लागि क्षेत्र नं १ मा एमाले–माओवादीको मत ३३ हजार ७३० छ भने काँग्रेस–राप्रपाको मत २६ हजार ७४६ छ । यही क्षेत्रमा संघीय समाजवादी फोरमले चार हजार ५८८ मत ल्याएको छ । यो क्षेत्रमा एक लाख १२ हजार १३१ मतदाता छन् । यस्तै क्षेत्र नं २ मा एमाले–माओवादीको मत ३६ हजार २७९ रहेको छ भने काँग्रेस–राप्रपाको २१ हजार ५४१ मत छ । जनमुक्तिले दुई हजार ७४५ मत ल्याएको यो क्षेत्रमा एक लाख पाँच हजार २०६ मतदाता छन् ।

क्षेत्र नं ३ मा एमाले–माओवादीको मत २९ हजार २८५, काँग्रेस–राप्रपाको २७ हजार ९३३ छ । यहाँ संघीय समाजवादी फोरमले चार हजार १९७ र फोरम लोकतान्त्रिकले दुई हजार २०९ मत ल्याएका थिए । यो क्षेत्रमा एक लाख नौ हजार २७८ मतदाता छन् ।

यसैगरी क्षेत्र नं ४ मा एमाले–माओवादीको मत धेरै कम छ । यो क्षेत्रमा हालै राजपा, स्वतन्त्र, संघीय समाजवादी फोरमलगायतका विभिन्न दलबाट एमालेमा प्रवेश गरेकाहरूको उल्लेख्य संख्या रहेकाले यो मत बढ्ने निश्चित छ । यो क्षेत्रमा एमाले–माओवादीको मतमात्रै चार हजार २१७ आएको थियो भने, काँग्रेस–राप्रपाको मत १२ हजार २९१ छ । यो क्षेत्रमा संघीय समाजवादी फोरमले नौ हजार ३४०, फोरम लोकतान्त्रिकले छ हजार ९७८ र स्वतन्त्रका रूपमा सात हजार ४५७ मत आएको थियो । यो क्षेत्रमा ८९ हजार ८३५ मतदाता छन् ।

क्षेत्र नं ५ मा एमाले–माओवादीभन्दा काँग्रेस–राप्रपामात्र ७१ मतले अगाडि छ । यो क्षेत्रमा एमाले–माओवादीको मत २१ हजार १६२ छ भने काँग्रेस–राप्रपाको मत २१ हजार २३३ छ । यहाँ संघीय समाजवादी फोरमले १० हजार ९२ मत ल्याएको थियो भने फोरम लोकतान्त्रिकले तीन हजार ८०७ मत । क्षेत्र नं ५ मा एक लाख छ हजार १५३ मतदाता छन् । रुपन्देहीको १० वटा प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये छ वटामा वाम गठबन्धन धेरै मतले अगाडि देखिन्छ । बाँकी चार प्रदेशसभाका क्षेत्रमा काँग्रेस–राप्रपा अगाडि छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

रास्वपालाई थप समावेशी बनाइँदै, चुनावी कार्यतालिका संशोधन

बालेनको शासन शैलीमा रविको ठप्पा : सरकार ‘रेजिम’का रुपमा अझ आक्रामक बन्ने !

एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने शक्ति अबको युगमा आउँदैन : सभापति लामिछाने

रास्वपाको पहिलो महाधिवेशनः ‘संवैधानिक समाजवाद’ कि नयाँ दक्षिणपन्थी लोकप्रियतावाद ?

बालेन सरकारको तीन महिनाः संसदसँग दूरी, अनुभवहीनता र ‘बदला राजनीति’ को जोखिम(भिडियोसहित)

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group