काठमाडौं, २५ असोज । दुईदिने राजकीय भ्रमणका क्रममा शनिबार साँझ त्रिभुवन विमानस्थल आइपुग्नुभएका चिनियाँ राष्ट्रपति सीको सम्मानमा नेपाली सेनाले सम्मान गारत (गार्ड अफ् अनर) प्रदान गरेको छ ।
भ्रमण दलमा राष्ट्रपति सीसँगै चिनियाँ विदेश मन्त्री वाङ यी पनि हुनुहुन्छ । राष्ट्रपति सीको भ्रमणलाई सरकारले उच्च प्राथमिकता दिँदै उहाँका नेपाली समकक्षी विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली आफैँ विमानस्थलमा पुगेर सीको स्वागत गर्नुभएको थियो । यसका साथै मन्त्रिपरिषद्का सदस्यहरु पनि सीको स्वागतका लागि विमानस्थल पुगेका थिए ।
राष्ट्रपति सीको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाण्डौको सोल्टी क्राउन प्लाजा रात्रिभोजको पनि आयोजना गर्नुभएको छ । यसअघि दुई देशका राष्ट्रपतिबीच भेटवार्ता हुनेछ ।
प्रतिक्रिया दिनुहोस्