ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आइतबार पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साढे २ घण्टा बन्द हुने


एबीसी न्यूज
२६ आश्विन २०७६, आइतबार   ८ : ४२   बजे

काठमाडौं, २६ असोज  ।  आइतबार पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साढे २ घण्टा बन्द हुने भएको छ । आइतबार बिहान ११ बजेर २० मिनेटदेखि १ बजेर ५० मिनेटसम्म विमानस्थलबाट कुनै पनि उडान र अवतरण नहुने विमानस्थल कार्यालयले जनाएको छ ।

चिनियाँ राष्ट्रपति सी दिउँसो साढे १२ बजे चीन प्रस्थान गर्ने भएकाले यो समयमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उडान तथा अवतरण बन्द गर्न लागिएको हो । शनिबार चिनियाँ राष्ट्रपति सी आउने बेला पनि दिउँसो २ बजेर ५५ मिनेटदेखि बेलुकी ५ बजेर २५ मिनेटसम्म सबै उडान र अवतरण रोकिएका थिए ।

आइतबार पनि काठमाण्डौको रिङरोडभित्र ठूला मालवाहक गाडी प्रवेशमा रोक लगाइएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण लक्षित गरी सुरक्षा व्यवस्थालाई ध्यान दिएर शनिबार र आइतबार रिङरोडभित्र ठूला गाडी चलाउन रोक लगाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

नेपाली सेनाको नेतृत्वमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानका कर्मचारी खटिएका छन् । सीको सुरक्षाका लागि चिनीयाँ सुरक्षाकर्मीको टोली पनि काठमाडौं छ । सीको भ्रमणको अवसरमा सरकारले आइतबार देशैभर सार्वजनिक बिदासमेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group