ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिनियाँ राष्ट्रपति सी र प्रधानमन्त्री ओलीबीच महत्वपूर्ण भेटवार्ता, काठमाडौं–केरुङ सुरुङमार्ग निर्माण प्राथमिकतामा


एबीसी न्यूज
२६ आश्विन २०७६, आइतबार   ९ : ३६   बजे

काठमाडौं २६ असोज ।  नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आइतबार महत्वपूर्ण भेटवार्ता हुँदैछ । भेटवार्तापछि पूर्वाधार विकासमा सम्झौता हुने कार्यक्रम छ । सम्झौतामा रेलमार्गको सम्भाव्यता अध्ययन र काठमाडौं–केरुङ सुरुङमार्ग निर्माण प्राथमिकतामा पर्ने भएको छ ।

चीनले केरुङबाट काठमाण्डौ जोड्ने सडक निर्माणलाई उच्च प्राथमिकता दिएको छ । करिब २४ किलोमिटर लम्बाइ समेट्ने दुई सुरुङ बनाएर सडक स्तरोन्नति गर्न चीनले सघाउने भएको छ । काठमाण्डौको टोखाबाट नुवाकोटको छहरेसम्म जोड्ने एउटा सुरुङमार्ग खोल्ने नेपालको प्रस्तावमा चीनले सघाउने भएको हो । यस्तै रसुवाको बेत्रावतीबाट स्याफ्रुबेसी जोड्ने अर्को सुरुङमार्ग बनाउन पनि चीनले सहयोग गर्न लागेको छ । आइतबार दुवै देशबीच हुने उच्चस्तरीय वार्तामा यसबारे समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारी छ ।

यस्तै केरुङ–काठमाण्डौ रेलमार्ग निर्माणमा पनि सहयोग गर्ने चीनले वचन दिएको छ । आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भएको भेटवार्तामा चिनियाँ राष्ट्रपति सीले केरुङ हुँदै काठमाण्डौ जोड्ने रेलमार्ग निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको हो ।

नेपाल भ्रमणको पहिलो दिन शनिबार सोल्टी होटलमा आयोजित रात्रिभोजलाई सम्बोधन गर्ने क्रममा पनि राष्ट्रपति सीले रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गर्नुभएको छ ।

‘हामी चीन–नेपाल हिमालय सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन सुरू गर्नेछौं, काठमाडौंबाट केरुङसम्मको सुरुङ मार्ग परियोजना अगाडि बढाउन हामी सक्रिय हुनेछौं । अरनिको राजमार्गलाई विभिन्न चरणमा स्तरोन्नति गरेर सञ्चालनमा ल्याउनेछौं’ राष्ट्रपति सीले भन्नुभयो ।

यसअघि राष्ट्रपति भण्डारीले रात्रिभोजलाई सम्बोधन गर्दै नेपाली नागरिकले केरुङदेखि काठमाण्डौ हुँदै लुम्बिनीसम्म रेलमार्गले जोडिएको देख्न चाहेको बताउनुभएको थियो । उहाँले नेपाली नागरिकको चाहना छिट्टै पूरा हुने आशासमेत व्यक्त गर्नुभयो । राष्ट्रपति भण्डारीको सम्बोधन सुनेपछि चिनियाँ राष्ट्रपति सीले सहयोगको प्रतिबद्धता जनाउनुभएको हो ।

करिब एक वर्षअघि चीनको ‘नेशनल रेल्वे अथोरिटी’ले केरुङ–काठमाण्डौ रेलमार्गको प्रारम्भिव अध्ययन प्रतिवेदन नेपाल सरकारलाई बुझाइसकेको छ । यही प्रदिवेदनको आधारमा डीपीआर र लगानीको ढाँचाबारे दुई देशबीच छलफल हुन लागेको छ । करिब ७२ किलोमिटर लामो हुने केरुङ–काठमाण्डौ रेलमार्गको लागत ३ खर्ब र निर्माणका लागि ८ वर्ष लाग्ने प्रारम्भिक अध्ययनले देखाएको छ ।

अरु परियोजनामा पनि हस्ताक्षर हुने सम्भावना

रेलको सम्भाव्यता अध्ययन र सुरुङमार्गसँगै अरु केही परियोजनामा पनि हस्ताक्षर हुने सम्भावना छ । नेपालले चीनसँग सहयोगका लागि अन्तरदेशीय प्रसारण लाईन, विभिन्न नाकाको स्तरबृद्धि र सुधार, चीनसँगका नाका जोड्ने विभिन्न करिडोर निर्माण र स्तरोन्नति, मदन भण्डारी विश्वविद्यालय स्थापनमा सहयोग लगायतका एक दर्जन आयोजना प्रस्ताव गर्ने तयारी गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । दुई देशका प्रतिनिधिमण्डलबिच थप छलफल गरी यीमध्ये केही परियोजनाका सम्झौतामा हस्ताक्षर गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group