ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भ्रमणबाट चीनसँगको द्विपक्षीय आपसी सम्बन्ध थप सबल – सभापति देउवा


एबीसी न्यूज
२६ आश्विन २०७६, आइतबार   ११ : ०१   बजे


काठमाडौं २६ असोज ।  प्रमुख विपक्षी दल नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटमा द्विपक्षीय आपसी सम्बन्धलाई थप सबल बनाउने विषयमा छलफल भएको बताउनुभएको छ ।

शनिबार साँझ भएको भेटमा सभापति देउवाले बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) प्रति नेपालको समर्थन रहेको उल्लेख गर्दै बढी प्रतिफल हुने परियोजनामा लगानी सहयोगको अपेक्षा गर्नुभएको काङ्ग्रेसका सहमहामन्त्री एवं पूर्वपरराष्ट्रमन्त्री डा प्रकाशशरण महतले जानकारी दिनुभयो ।

सो अवसरमा सभापति देउवाले नेपाली काङ्ग्रेस र चिनियाँ कम्युनिष्ट पार्टीबीच लामो समयदेखि सुमधुर सम्बन्ध रहिआएको बताउँदै तत्कालीन चिनियाँ राष्ट्रपति जियाङ जेमिनको नेपाल भ्रमणका बेला आफू पहिलोपटक प्रधानमन्त्री रहेको स्मरण गर्नुभएको थियो ।

भेटवार्तामा सभापति देउवाले नेपाल सदैव एक चीन नीतिप्रति प्रतिबद्ध रहेको र नेपालको भूमि छिमेकी मित्रराष्ट्रको अहितमा प्रयोग हुन नदिने राष्ट्रपति सीलाई विश्वास दिलाउनुभएको डा महतले जानकारी दिनुभयो ।

राष्ट्रपति सीको नेपाल भ्रमणले द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन र दुवै देशले एकापसबाट व्यापार, ऊर्जा, पूर्वाधारलगायतका क्षेत्रमा लाभ लिन सकिनेमा सभापति देउवाले भेटमा विश्वास व्यक्त गर्नुभएको थियो । राष्ट्रपति सी दुई दिवसीय नेपालको राजकीय भ्रमणका लागि शनिबार अपराह्न नेपाल आइपुग्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group