काठमाडौँ, २६ असोज । चिनियाँ राष्ट्रपति सी चिनफिङले चीनलाई विभाजन गर्न खोज्ने जो–कोहीको प्रयासलाई विफल बनाइने बताउनुभएको छ। आइतबार नेपालको दुईदिने राजकीय भ्रमण सकेर स्वदेश फर्कनुअघि प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा चीनलाई विभाजन गर्नका लागि सहयोग पुर्याइरहेका बाह्य शक्तिलाई पनि चिनियाँ जनताले निस्तेज पारिदिने बताउनुभएको हो ।
राष्ट्रपति सीको भनाइलाई समर्थन जनाउँदै प्रधानमन्त्री ओलीले नेपाल सदैव एक चीन नीतिप्रति कटिवद्ध रहेको र चीनको सार्वभौमिकता तथा भौगोलिक अखण्डता जोगाउन नेपालले दह्रोसँग समर्थन गर्ने बताउनुभएको छ । ओलीले नेपाली भूमिबाट चीनविरुद्ध कुनै पनि शक्तिलाई विभाजनकारी गतिविधि गर्न नदिने प्रतिवद्धतासमेत व्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्