काठमाडौं २६ असोज । नेपालका सरकार प्रमुख र चीनका राष्ट्राध्यक्षको तहमा प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता केहीबेरअघि राजधानीमा सम्पन्न भएको छ । चीनका राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीले आ–आफ्नो मुलुकको प्रतिनिधित्व गर्नुभएको उक्त वार्तामा नेपाल–चीन सम्बन्धका सबै पक्षमा केन्द्रित रहेर विचारविमर्श भएको थियो ।
यस्ता छन् समझदारीका मुख्य विषयः
- नेपाल–चीन अन्तरदेशीय रेलसेवाको सम्भाव्यता अध्ययन
- छेन्दुमा महावाणिज्य दूतावास स्थापना गर्ने
- काठमाडौं–चीनको नाञ्जिङ सहरबीच भगिनी सम्बन्ध स्थापना
- बुटबल र चीनको सियान सहरबीच भगिनी सम्बन्ध स्थापना, स्वास्थ्य सेवा सुधारसम्बन्धी समझदारी
- त्रिभुवन विश्वविद्यालयमा भौतिक पूर्वाधार निर्माण सम्बन्धी समझदारीपत्र
- नेपाली फलफूल चीन निर्यात गर्ने सम्बन्धी समझदारीपत्र
- सीमा व्यवस्थापन प्रणाली
- सरकारी क्षमता विस्तारका लागि सहयोग आदानप्रदान गर्ने समझदारी
- आपराधिक गतिविधि नियन्त्रणका लागि दुईपक्षीय कानुनी सहयोग आदानप्रदान गर्ने समझदारी
- सगरमाथा संरक्षणका लागि सहयोग आदानप्रदान समझदारी
- नेपालको राष्ट्रिय योजना आयोग र चीनको राष्ट्रिय विकास तथा सुधार आयोगबीच मुख्य परियोजनामा उत्पादकत्व क्षमता विस्तार गर्ने
- औद्योगिक क्षेत्रमा सहयोग गर्ने परियोजना सम्बन्धी समझदारीपत्र
- परम्परागत औषधिको विकास गर्ने समझदारी
- विपद् जोखिम न्यूनीकरण तथा आपत्कालीन उद्धारसम्बन्धी सम्झौता
- चीनको सुप्रिम पिपल्स प्रोक्युरेटर र नेपालको महान्यायाधिवक्कताको कार्यालयबीच सहयोग आदानप्रदान गर्ने समझदारी
- दुईपक्षीय व्यापारसम्बन्धी संयुक्त कार्यदल गठन गर्ने
- दुईपक्षीय लगानी विस्तार गर्न नेपालको अर्थ मन्त्रालय र चीनको वाणिज्य मन्त्रालयबीच लगानी सहायता कार्यदल गठन गर्ने
- सुरुङमार्ग निर्माण गर्ने सम्बन्धमा समझदारी
प्रतिक्रिया दिनुहोस्