काठमाडौँ, २६ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङको दुई दिवसीय राजकीय नेपाल भ्रमण भव्य रुपमा सम्पन्न भएको बताउनुभएको छ ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्विटरमार्फत भन्नुभएको छ, ‘मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका महामहिम राष्ट्रपति सी जिनपिङको दुई दिवसीय ऐतिहासिक नेपाल भ्रमण भव्य रुपमा सम्पन्न भएको छ । उहाँको भ्रमणबाट दुई देशबीचको सम्बन्धले नयाँ उचाइ र गतिशीलता प्रदान गरेको छ ।’
प्रधानमन्त्री ओलीले नेपाल भ्रमणका क्रममा राष्ट्रपति सीले नेपाल र नेपाली नागरिकप्रति देखाउनु भएको सद्भाव र सदिच्छाका लागि उहाँप्रति आभार व्यक्त गर्नुभएको छ ।
साथै उहाँले भ्रमणलाई अभूतपूर्व रुपमा सफल पार्न सहयोग पुर्याउने सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्