काठमाडौं, २७ असोज । राष्ट्रपति विद्यादेवी भण्डारी म्यानमारको राजकीय भ्रमणमा जाने भएकी छन्। पाँच दिने राजकीय भ्रमणका लागि राष्ट्रपति भण्डारी बुधबार दिउँसो म्यानमारतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दहालका अनुसार राष्ट्रपति भण्डारी बुधबार त्यसतर्फ जाने भनिए पनि औपचारिक जानकारी आएको छैन। मंगलबारसम्म कार्यक्रमसहित औपचारिक जानकारी आउने उनले जनाए । राष्ट्रपति भण्डारी म्यानमारको भ्रमणपछि निजी भ्रमणका लागि जापान जाने कार्यक्रम छ।
परराष्ट्र मन्त्रालयका सहप्रवक्ता सुरेश अधिकारीका अनुसार राष्ट्रपतिले म्यानमार र जापान भ्रमण गर्ने छिन्। तर, त्यसको औपचारिक जानकारी आइनपुगेको उनले बताए।
प्रतिक्रिया दिनुहोस्