काठमाडौं, २८ असोज । हत्या आरोप लागेका कांग्रेस सांसद तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई अनुसन्धानका लागि ७ दिनको म्याद थप गरिएको छ।
जिल्ला अदालत रौतहटमा उपस्थित गराइएकोमा उनलाई न्यायाधीश चित्रबहादुर गुरुङको एकल इजलासले म्याद थप गरहेको हो। उनलाई गत आइतबार प्रहरीले रौतहटबाट पक्राउ गरेको थियो।
विसं २०६४ सालमा बम बनाउने क्रममा पड्केर घाइते भएका केही व्यक्तिलाई आलमले इँटा भट्टामा पोलेर मारेको अभियोग लागेको छ।
सर्वोच्च अदालतले २०६९ मा उनलाई पक्राउ गरेर अनुसन्धान गर्न आदेश दिएको थियो। त्यसको ७ वर्षपछि मन्त्री आलम पक्राउ परेका हुन्।
प्रतिक्रिया दिनुहोस्