काठमाडौं, २८ असोज । बिगत १० बर्ष देखि राष्ट्रिय क्रिकेट टिमको नेतृत्व गरेका पारस खड्काले कप्तानि पदबाट राजिनामा दिएका छन् । पारसले आज एक बिज्ञप्ति जारि गर्दै कप्तानि पद छोड्ने बताएका हुन् ।
पारसले दश वर्ष यता नेपाली राष्ट्रिय टोलीको कप्तानी गर्दै आएका छन्। युएईमा भएको एसिसी टि–ट्वान्टी ट्रफीबाट उनलाई राष्ट्रिय टोलीको कप्तानीको जिम्मेवारी दिइएको थियो।
लगत्तै सन् २०१० मा उनको कप्तानीमा काठमाडौंमा भएको डिभिजन ५ मा नेपाल च्याम्पियन बन्यो। जुन आइसीसीको ठूलो प्रतियोगिता जितेको नेपालले पहिलो पटक थियो। घरेलु दर्शकमाझ राष्ट्रिय टोलीलाई डिभिजन ५ को उपाधि दिलाएपछि उनी नेपाली समर्थक माझ लोकप्रिय बन्दै गए।
आइसीसीले नेपाल क्रिकेट संघ क्यानलाई ससर्त निलम्बन फुकुवाको निर्णय गरे लगत्तै पारसले कप्तानी छाड्ने घोषणा गरेका हुन्। पारसले नयाँ कमिटी क्रिकेटको विकास लाग्ने अपेक्षा व्यक्त गरेका छन्।
‘मैले क्रिकेटको कप्तान पदबाट राजीनामा दिने निर्णय लिएको छु’, पारसले एक विज्ञप्ती जारी गर्दै भनेका छन्, ‘नयाँ तरिकाले क्रिकेटलाई अगाडि बढाउन बाटो खुलोस् भन्ने मेरो चाहाना हो।’
प्रतिक्रिया दिनुहोस्