ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर्मचारी नहुँदा कार्यालयको काम ठप्प


एबीसी न्यूज
२८ आश्विन २०७६, मंगलबार   १ : ४३   बजे

काठमाडौं, २८ असोज । वर्ष दिन अघि विस्थापित भएका जिल्लाका सरकारी कार्यालय धमाधम स्थापना हुन थालेका छन् । प्रदेश तथा सङ्घ सरकारको मातहतमा रहेका कार्यालय पूर्ण स्थापना हुने क्रम बढेको छ । जिल्लामा विषयगत कार्यालय नहुँदा स्थानीयले लामो समय सास्ती खेप्नुपरेपछि हाल कार्यालय पुनःस्थापना भइरहेका छन् । दुई साताअघि जाजरकोटका जनप्रतिनिधिलाई पुनःस्थापना भएका सरकारी कार्यालय उद्घाटन गर्न भ्याइनभ्याइ भइरहेको छ ।

राष्ट्रियसभा सदस्य भैरवसुन्दर श्रेष्ठले, प्रदेशसभा सदस्य गणेशप्रसाद सिंह, कौशिलावती खत्रीलाई दुई दिनमा चार कार्यालय उद्घाटन गर्ने समयनै खर्चिनुपरेको थियो तर कार्यालय स्थापना भए पनि कर्मचारी भने आएका छैनन् । प्रदेश सरकारले सामाजिक विकास, पूर्वाधार विकास, कृषि विकास, स्वास्थ्य विकास सेवा, पशु अस्पताल तथा पशुसेवा, खानेपानी सिँचाइ तथा ऊर्जा विकास, वन र घरेलु तथा उपभोक्ता हित संरक्षण कार्यालय स्थापना गरेको छ ।

नवौँ तहको पशु चिकित्सकसहित ११ कर्मचारीको दरबन्दी रहेको पशु अस्पताल तथा पशुसेवा कार्यालयमा निमित्त कार्यालय प्रमुख जरबहादुर भाक्रीबाहेक कोही छैनन् । इञ्जिनीयरसहित आठ कर्मचारी दरबन्दीको पूर्वाधार विकासमा नायबसुब्बा सन्तोष विक र दुई कार्यालय सहयोगी मात्र कार्यरत छन् । सात कर्मचारीको दरबन्दी तोकिएको सामाजिक विकास कार्यालयमा कार्यालय प्रमुख धनबहादुर विष्टबाहेक कर्मचारी छैनन् । घरेलु तथा उपभोक्ता हित संरक्षण कार्यालयमा कार्यालय प्रमुख ऋषवदेव खनाल एक्लो कर्मचारी हुन् ।

कतिपय कार्यालयमा उद्घाटनसँगै जिल्ला बाहिर गएका प्रमुख फर्केर आएका छैनन् । नाम र बोर्ड परिवर्तन गरेर धमाधम कार्यालय स्थापना भए  तर ती कार्यालयका लागि काम गर्ने कर्मचारी, बजेट, नीति, कार्यक्रमलगायत केही आएका छैनन् । जाजरकोट अस्पताल, जनस्वास्थ्य र जिल्ला आयुर्वेदलाई गाभी स्वास्थ्य सेवा कार्यालय बनाएको छ ।

कार्यालयमा ११औँ तहको विशेषज्ञ डाक्टर प्रमुख हुने व्यवस्था छ । अस्पतालमा करारका चार मेडिकल अधिकृतबाहेक चिकित्सक छैनन् । शिक्षा, महिला तथा बालबालिका, युवा तथा खेलकूद, मुख्यमन्त्री स्वरोजगार कार्यक्रमलगायत कार्यालयलाई गाभेर सामाजिक विकास कार्यालय बनाइएको छ । त्यस्तै खानेपानी, ऊर्जा र सिँचाइलाई गाभेर एउटै कार्यालय बनाइएको छ । कर्मचारी अभाव हुँदा सेवा प्रवाहमा समस्या भएको घरेलु तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख खनालले बताउनुभयो ।

कार्यालय स्थापना गरी मात्रै सङ्घीयता कार्यान्वयन नहुने कर्णाली प्रदेशसभा सदस्य गणेशप्रसाद सिंहले बताउनुभयो  । सङ्घीय सरकारअन्तर्गतका आधा दर्जन कार्यालय र स्थानीय तहमा पनि कर्मचारीको अभाव उस्तै छ । स्थानीय तहमा कर्मचारी अभावमा सेवाग्राहीले सहज सेवा पाउन सकेका छैनन् ।

कर्मचारी समायोजन भएर सङ्घीय निजामती सेवामा गएपछि थप अभाव भएको बारेकोट गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहले बताउनुभयो  । “प्राविधिक तथा करार कर्मचारीको भरमा गाउँ र नगर काम चलिररहेको छ ।” एक जना सचिवको भरमा बारेकोट गाउँपालिका चलेको छ । जुनिचाँदे गाउँपालिका, नलगाड नगरपालिका, कुशे गाउँपालिकामा समेत उस्तै समस्या परेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group