ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनता देश समृद्ध भएको हेर्न चाहन्छन्– नेता रावल


एबीसी न्यूज
२८ आश्विन २०७६, मंगलबार   ७ : ४५   बजे

काठमाडौं, २८ असोज । नेपाल कम्युनिष्ट पार्टी नेकपा का नेता एवम स्थायी कमिटी सदस्य भीमबहादुर रावलले नेपाली जनताले देश समृद्ध भएको हेर्न चाहेको बताउनुभएको छ ।

नेकपा सुदूरपश्चिम प्रदेशद्वारा आज धनगढीमा विजया दशमी, दिपावली तथा छठ पर्वका अवसरमा आयोजित शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा उहाँले देश समृद्विको दिशातर्फ अगाडि बढेको बताउनुभयो । नेता रावलले नेपाल बहुधार्मिक, बहुभाषिक र बहुजातीय मुलुक भएकाले विभिन्न समुदाय तथा जातजातिले मनाउने जुनसुकै चाडपर्व हाम्रो सांस्कृतिक बगँैचाका फूलबारी जस्तै भएको र हामीले त्यसको संरक्षण गर्नुपर्ने उल्लेख गर्नुभयो ।

नेकपा स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री लेखराज भट्टले हरेक समुदायले मनाउने गरेको चाडपर्वले समुदायबीच एक अर्काको एकताको भाव पैदा गर्ने भएकाले यी चाडपर्वको संरक्षण तथा सम्बद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले हरेक चाडपर्वमा विकृतिसमेत रहेकाले त्यसलाई सुधार गर्न आवश्यक रहेको बताउनुभयो ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आफ्नो गाउँ, ठाउँ र प्रदेशलाई विकासको बाटोमा अगाडि बढाउनका लागि सबै एकमत भएर अघि बढनुपर्ने बताउनुभयो । सबै मिलेर अगाडि बढेमा मात्रै सुदूरपश्चिमको विकास गर्न सकिने उहाँको भनाइ थियो । नेकपाका प्रदेश अध्यक्ष कर्णबहादुर थापाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेश सभाका सभामुख, सङ्घीय सांसद, प्रदेश मन्त्रीहरु, प्रदेशसभा सदस्यहरु, स्थानीय तहका जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधिलगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group