ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ग्यास्ट्रिक रोग निको बनाउन खाने औषधीमा मानिसमा क्यान्सर बनाउने तत्व (भिडियोसहित)


एबीसी न्यूज
३० आश्विन २०७६, बिहिबार   ११ : १३   बजे


काठमाडौ, ३० असोज  । आम नेपालीको बोलिचालीको भाषामा ‘ग्यास्ट्रिक’ भनिने ‘ग्यास्ट्राइटिस’लाई आमनेपालीको रोग भनिन्छ तर कतिपयले ब्यंग्य गर्दै यसलाई नेपालीको राष्ट्रिय रोग समेत भन्ने गर्छन् । पहिले–पहिले ४० वर्षभन्दा माथिको उमेरमा देखिने ग्यास्ट्रिक हिजोआज जुनसुकै उमेर समूहका मानिसमा पनि देखिन थालेको छ । तर यहि रोग निको बनाउन खाने औषधीमा मानिसमा क्यान्सर बनाउने तत्व भेटिएको छ ।

ग्यास्ट्रिक रोग निको पार्न बिरामीलाई दिइने रानीटाइडाइन (एसिलक)नामको औषधीमा एन— नाइट्रोसोडिममिथेलमाइन (एनडीएमए) नामक घातक तत्व भेटिएको छ । जुन तत्वले मानिसमा क्यान्सर बनाउछ । यो औषधि सेवन नगरी गरि विकल्पमा अन्य औषध सेवन गर्न औषधि व्यवस्थापन विभागले आग्रह समेत गरेको छ । यसले बिशेषत कलेजोको क्यान्सर र शरीरको अन्य भागमा पनि क्यानसर गराउछ । उक्त औषधीमा खरावी देखिएपछि त्यसको साटोमा अन्य औषधि प्रयोग गर्ने औषधी व्यवस्थापन विभागका प्रमुख नारायण ढकालले बताउछन् ।

ग्याष्ट्रिकको उपचारमा प्रयोग हुने ¥यानिटिडिन समुहको औषधिमा क्यान्सर गराउने तत्व रहेको पाइएको छ । अमेरीकामा भएको इम्प्युरिटी इन्टरनेशनल एजेन्सी अफ रिसर्च अन क्यान्सर ( आइएआरसी)ले केही महिना अघि मात्रै ¥यानिटिडिन औषधिमा क्यान्सरको तत्व रहेको पत्ता लगाएको हो । आइएआरसीले ¥यानिटिडिन औषधिमा थोरै मात्रामा रहेको नाइट्रोसमिन इम्प्युरिटी, एन नाइट्रोसोडि मिथाइलमाइनले क्यान्सर गराउन सक्ने जनाएको छ ।

आइएआरसीले ¥यानिटिडिन समुहको औषधिले क्यान्सर लाग्न सक्ने बताएपछि औषधि व्यवस्था विभागले पनि नेपालका सबै औषधि उत्पादक र आयत कर्ताहरुलाई सचेत गराएको हो । विभागले पत्राचार गर्दै औषधी उत्पादक र आयतकर्तालाई नेपाली बजारमा उत्पादन तथा प्रयोग हुने सो समुहको औषधिमा नाइट्रोसमिन इम्प्युरिटी, एन नाइट्रोसोडि मिथाइलमाइन भए वा नभएको एकिन गर्न निर्देशन दिएको औषधी व्यवस्थापन विभागले जनाएको छ । त्यस औषधीमा मानव जीवनमा असर गर्ने रसायन भेटिएपछि वंगला देश र भारत सरकारले समेत सरोकारवाला निकायलाई सचेत गराएको छन् । एनडीएमएमा क्यान्सरका लागि अनुसन्धान गर्ने अन्तराष्ट्रिय निकाय आइएआरसीले मानवका लागि क्यान्सर हुने तत्व रहेको फेला पारेको हो । भारतमा रानीटिडाइन ट्याबलेट, सुईलगायत विभिन्न बनावटमा पाइन्छ । ‘रानीटिडाइनलाइ सेडियुल एचमा समावेश गरिएको एउटा निर्धारित औषधी (प्रेसक्रिप्सन ड्रग) भएकोले यसलाई दर्ता गरिएका मेडिकल व्याबसायीको प्रेसक्रिप्सन (आरएमपी) को आधारमा मात्र खुद्रा पसलबाट विक्री गर्न सकिने केन्द्रका औषधी महानियन्त्रकद्धारा जारी पत्रमा भनिएको छ ।

बिरामीको सुरक्षा सुनिश्चितताका लागि ती उत्पादन जँच्न यसबारे रानीटिडाइन एपीआई एन्ड फर्मुलेसनको निर्मातालाई जानकारी गराउन प्रदेश र केन्दका औषधि नियन्त्रकहरुलाई अनुरोध गरिएको छ ।

मानव स्वास्थ्य संग सम्बन्धित औषधी जस्तो सम्बेदनशिल बस्तुमा पनि अझै लापरबाहि भइरहेको छ । यो त एउटा नमुना मात्रै हो अझै बिदेशबाट आयतित गुणस्तरीय हिन औषधी मुलकमा भित्रदा आम मानिसले औषधीको रुपमाबिष सेवन गर्न बाध्य छन् । यसबारे सम्बन्धित सरोकारवाला निकायको ध्यान जान जरुरी छ । यस्ता औषधी उत्पादन गर्ने कम्पनी औषधी खरिद गर्ने सप्लार्यस कम्पनीलाई कानुनी दायरमा ल्याउन औषधि व्यवस्थापन विभागले समयमै ध्यान दिन आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

सम्बन्धित

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

मृत व्यक्तिले अदालतमा बोले, हत्यारालाई क्षमा गरे !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group