काठमाडौ, ३० असोज । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा उच्च अदालत पाटन हेटौँडा इजलासले चितवन जिल्ला अदालतको आदेश सदर गरेको छ।
पक्ष र उच्च सरकारी वकिलको कार्यालयको रिटलाई सुनुवाई गर्दै टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने यस्तो आदेश दिइएको उच्च अदालत पाटन हेटौँडा इजलासका रजिष्ट्रार विकास श्रेष्ठले जानकारी दिए । यो बाहेक अन्य सबै आदेश सदर भएको रजिष्ट्रार श्रेष्ठले बताएका हुन्। तर, चितवन जिल्ला अदालतको अनुमतिमा मात्रै विदेश जान पाउने चितवनको आदेश भने बदर भएको छ ।
आत्महत्या प्रकरणमा चितवन जिल्ला अदालतबाट धरौटीमा रिहा भएका कार्यक्रम प्रस्तोता लामिछने, पत्रकार युवराज कँडेल र अस्स्मिता भन्ने रुकु कार्कीललाई पुर्पक्षका लागि थुनामा राख्न माग गर्दे सरकारी वकिलको कार्यालयले अदालतमा रिट दायर गरेको थियो। चितवन जिल्ला अदालतले धरौटीमा रिहा गरेको भन्दै उच्च अदालत पाटन हेटौँडा इजलासमा कार्यक्रम प्रस्तोता लामिछानेले साधारण तारिखमा रिहा हुनुपर्ने मागसहित निवदेन दर्ता गरेका थिए।
उच्च रिटमाथि बिहीबार उच्च अदालत पाटन हेटौँडा इजलासलका न्यायाधीशद्वय चण्डिराज ढकाल र महेन्द्रनाथ उपाध्यायको संयुक्त इजलाशले यस्तो फैसला गरेको हो।
प्रतिक्रिया दिनुहोस्