ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चितवनले देश विकासको नमूना दिनुपर्छ– अध्यक्ष दाहाल


एबीसी न्यूज
३० आश्विन २०७६, बिहिबार   ७ : ४६   बजे

काठमाडौ, ३० असोज  । नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनले देशको विकासमा नमूना प्रस्तुत गर्न आवश्यक रहेको बताउनुभएको छ । राप्ती नगरपालिका र राप्ती उद्योग वाणिज्य सङ्घले आजदेखि पूर्वी चितवनमा आयोजना गरेको प्रथम राप्ती महोत्सवको उद्घाटन गर्नुहुँदै उहाँले देशको केन्द्रविन्दुमा रहेको यस जिल्लाले विकासमा देशलाई नेतृत्व गर्नुपर्ने बताउनुभएको हो ।

विकासका लागि चितवनमा प्रचुर सम्भावना रहेको बताउँदै उहाँले भन्नुभयो “विभिन्न आन्दोलनमा चितवनले खेलेको भूमिकालाई महसुश हुने गरी विकास गर्नुपर्छ ।” उहाँले थप्नुभयो, “देशलाई यस जिल्लाले विकासको नमूना देखाउनु जरुरी छ ।” अहिले सरकारले देशलाई समृद्धिको यात्रातर्फ अघि बढाएको बताउँदै उहाँले यस्ता मेला महोत्सवले त्यसमा सहयोग पु¥याउने बताउनुभयो ।

फरक प्रसङ्गमा बोल्दै अध्यक्ष दाहालले भरतपुरको गोन्द्राङमा रहेको सडक दस्तुर सङ्कलन केन्द्र ९ढाट० स्थानान्तरणका लागि सरकारसँग आवश्यक पहल गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “एउटै जिल्लावासीले पनि कर तिर्नुपर्ने यो विडम्बना हटाउन प्रयत्न गर्छु ।” चितवन क्षेत्र नं ३ का सांसदसमेत रहनुभएका दाहालले जिल्लामा धान खेतीमा देखिएको समस्या समाधान गर्न आवश्यक पहल गरिने उहाँको भनाइ थियो ।

सो अवसरमा गृहमन्त्री रामबहादुर थापाले सरकार देशको विकासका लागि पञ्चवर्षीय योजनाका साथ अघि बढेको बताउनुभयो । सरकारको लक्ष्य प्राप्तिका लागि जनता र राजनैतिक दलहरुले सहयोग गर्न आवश्यक रहेको उहाँको भनाइ थियो । यसका लागि देशमा सुशासन आवश्यक रहेको बताउँदै उहाँले भन्नुभयो, “सुशासनका लागि दल र जनताको सहयोग आवश्यक छ ।” औद्योगिकरण बिना देशमा समृद्धि सम्भव नभएको भन्दै उहाँले यस्ता मेला महोत्सवले स्थानीय उत्पादनलाई प्रथामिकता दिनु आवश्यक रहेको बताउनुभयो ।

पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले देशको व्यापार घाटा घटाउनका लागि स्वदेशी उद्योगलाई प्रथामिकता दिन आवश्यक रहेको बताउनुभयो । यसका लागि राज्यले व्यवसायमा कर छुटको अवधारणा ल्याउनु आवश्यक रहेको उहाँको भनाइ थियो । अहिले पनि नेपालले ८० प्रतिशतसम्म व्यापार घाटा बेहोरी रहेको उहाँले जानकारी दिनुभयो ।

प्रदेश नं ३ का कृषि, सहकारी तथा भूमि व्यवस्थामन्त्री दावा दोर्जे लामाले जिल्लाको उत्पादनलाई चिनाउन यसखालका मेला महोत्सव प्रभावकारी हुने बताउनुभयो ।

नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, राप्ती नगरपालिकाका प्रमुख प्रभा बराललगायतले पनि बोल्नुभएको थियो । राप्ती उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजकुमार कँडेलको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा विभिन्न सांस्कृतिक झाँकीहरु समेत प्रस्तुत गरिएको थियो । आजदेखि शुरु भएको प्रथम राप्ती महोत्सव आगामी कात्तिक ९ गतेसम्म चल्ने छ । महोत्सवमा २५० स्टल रहेका छन् । एक लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको सो महोत्सवमा रु पाँच करोड बराबरको कारोवार हुने अपेक्षा गरिएको सङ्घका अध्यक्ष कँडेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group