ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महेन्द्र कुर्मी हत्या काण्डका आरोपि पक्राउ


sharan sharan
३० आश्विन २०७६, बिहिबार   १० : ०५   बजे

भैरहवा, ३० असोज ।
रुपन्देहीको रोहिणी गाउपालिका बैकुण्ठपुरमा साउन २९ गते गोली हानी हत्या भएका महेन्द्र कुर्मीको मुख्य अभियुक्त पक्राउ परेका छन् ।
घटनाका मुख्य अभियुक्त भारतको उत्तरप्रदेश राज्य गोरखपुर जिल्लाका ४० बर्षिय मनिष हरिजन (चमार) रहेका जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरिक्षक हेम बहादुर थापाले बताए । थापाका अनुशार अनुशन्धानको क्रममा कुर्मी हत्यामा तिन जनाको संलग्नता रहेको छ । तिन जना मध्य पक्राउ परेका अभीयुक्त हरिजन सुटर हुन् । अन्य अभियुक्तमा एक जना प्रमुख योजनाकार र एक जना सहयोगी रहेका छन् । दुई जना भारतिय नागरिकनै रहेको जानकारी जिल्ला प्रहरी कार्यालय रुपन्देहीले दिएको छ ।
प्रहरी उपरिक्षक थापाका अनुशार प्रहरीले अन्य दुई जना फरार अभियुक्त पक्राउ गर्नको लागी सुक्ष्मरुपमा अनुशन्धान गरिरहेको छ । भारतिय नागरिक भएकोले सहजै पक्राउ गर्न नसक्ने हुनाले केही समय लाग्ने उनले बताए ।
घटना भएको दोस्रो दिन रुपन्देहीको प्रमुख भएर आएका उपरिक्षक थापाको टोलीले करिव एक महिनाको अनुशन्धान पछि बिशेष सुचनाको आधारमा आरोपी नजीक पुगेको थियो । असोज २९ गते राती ८ बजे सिद्धार्थनगर नगरपालिका वडा नं २ मेउडिहवा फुलपुर क्षेत्रलाई घेराबन्दी गरि चेकजाच गर्ने क्रममा सेतो रंगको हेलमेट लगाइर युपी ५३ डिबी ९९८३ नं को कामलो रंगको पल्सर मोटरसाईकल भारत बाट नेपाल आउदै गर्दा चेक गर्ने क्रममा अभियुक्त हरिजनलाई पक्राउ गर्न सफल भएको हो ।
प्रहरीका अनुशार उक्त घटना लुटपाटकै उद्देश्यले भएको देखिएको छ । अनुशन्धानको क्रममा घटना हुने दिनको सिसिटिभी फुटेज, बैज्ञानिक साधनको प्रयोग, घटनाको प्रत्यक्षदर्शीको भनाई लगायत गहन अध्ययन बिश्लेषण गर्दा अभियुक्तहरु बैंक भित्रनै रहेको र कुर्मीको साथमा श्रीमती तथा दुधे बालक रहेको देखेपछी रकम लुट्न सहज हुने हुनाले पिछा गरेको देखिएको छ ।
प्रहरीका अनुशार पक्राउ परेका अभियुक्तले दिएको बयान अनुशार उनिहरुको उद्देश्य कुर्मीको हत्या गर्ने नभई लुटपाट मात्र गर्ने रहेपनी कुर्मीले प्रतिकार गरेपछी हत्या भएको हो । साउन २९ गते दिउसो हिमालयन बैक भैरहवा बाट रकम निकाली घर जाने क्रममा रुपन्देहीको रोहीणी पुल अगाडी बैकुण्ठपुरमा बजार क्षेत्रमै गोली हानी हत्या गरी लुटपाट परिएको थियो । उनको साथ बाट पांच लाख रुपैया लुटिएको थियो । दुधे बालक संगै रहेकी श्रीमतीलाई मोटरसाईकल बाट धकेली बाटोमा लडाएर कुर्मीसंग रकम माग गर्ने क्रममा गोही हानीएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group