ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अव्यवस्थित घरजग्गा दर्ता प्रक्रिया अगाडि बढ्यो


एबीसी न्यूज
१ कार्तिक २०७६, शुक्रबार   २ : ०१   बजे

काठमाडौं, १ कात्तिक । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिकामा रहेको अव्यवस्थित घरजग्गा दर्ता गर्नका लागि प्रक्रिया अगाडि बढाएको छ । शुक्लागण्डकी नगरपालिकाको दुलेगौंडा, खैरेनीटार र ढोरफिर्दीमा रहेको अव्यस्थित घरजग्गा दर्ताका लागि मन्त्रालयले प्रक्रिया अगाडि बढाएको हो ।

मन्त्रालयले तनहुँ जिल्ला साविक दुलेगौंडा, खैरेनीटार र ढोरफिर्दी हाल शुक्लागण्डकी नगरपालिकाअन्तर्गत बसोबास गरेका अव्यवस्थित बसोबासीका नाउँमा जग्गा दर्ता गर्ने समितिको कार्यालय स्थापना गरी वर्षौंदेखि लालपूर्जाविहीन रहेका स्थानीयवासीलाई लालपूर्जा दिन काम शुरु गरेको छ ।

नेपाल राजपत्रमा प्रकाशित भएअनुसार गठित समितिको २०७६ असोज ७ को निर्णयमा दफा ८ बमोजिम समितिको कार्यक्षेत्र विभाजन गरी घरजग्गा दर्ता गर्न निवेदन माग गरिएको कार्यालयका सदस्य–सचिव ठाकुरप्रसाद सिग्देलले जानकारी दिनुभयो ।

समितिले शुक्लागण्डकी नगरपालिकाको साविक दुलेगौडा गाविसको वडा नं ७, ८ र ९ र साविक ढोरफिर्दी गाविस वडा नं ३ का अव्यवस्थित बसोवासीलाई ३५ दिनभित्र प्रमाणसहित निवेदन दिन आग्रह गरेको छ ।

केही समय अगाडि शुक्लागण्डकी नगरपालिका–७ स्याउली बजारका स्थानीयवासीसँगको भेटघाटमा क्रममा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले छिट्टै नै लालपूर्जा दिलाउने प्रतिबद्धता जनाउनुभएको थियो । मन्त्री अर्यालको भनाइले लालपूर्जाविहीन अवस्थामा रहेका स्थानीयवासी लालपूर्जा पाउनेमा विश्वस्त रहेको र समितिको कार्यालयले काम शुरु गरेपछि झन उत्साहित भएको स्थानीयवासी दीपेन्द्र केसीले बताउनुभयो ।

यस क्षेत्रका करीब एक हजार घरधुरी बासिन्दा लामो समयदेखि लालपूर्जाविहीन अवस्थामा रहेका छन् । विसं २०११ देखि जग्गा दर्ता नहुँदा उनीहरु लालपूर्जाविहीन अवस्थामा छन् । विसं २०५६ मा दर्ता प्रक्रियामा रहेका उक्त जग्गा आम निर्वाचनलाई प्रभावित पार्ने भन्दै रोक्का गरिएपछि यहाँका स्थानीयवासीले लालपूर्जा पाउन सकेको छैनन् । जग्गा दर्ताका लागि यहाँका स्थानीयवासीले विगतमा प्रधानमन्त्री, मन्त्रीहरु, विभिन्न दलका नेता लगायतको पनि ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीदेखि नारायणीसम्म खोजी तीव्र, चार जलविद्युत् आयोजनाका सुरुङमा पनि उद्धार टोली

फेसबुकमा शव व्यवस्थापनबारे लेखेका कोसीका सहसचिव निरौला खटाइए

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu