सिरहा, १ कात्तिक । युवाहरुमा लागुऔषधको प्रयोग पनी पछिल्लो समय अत्याधिक बढेको भन्दै त्यसलाई रोकथाम र नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रमुख एसपी उमा प्रसाद चतुर्बेदीले जिल्लाका विभिन्न ईलाका प्रहरी कार्यालय र चौकीहरुमा विशेष अपरेशनका वारेमा जानकारी दिई व्यापक रुपमा प्रहरी परिचालन गरीदै आएको बताउनुभयो ।
प्रहरी सेवामा लागेपछि आफ्नो सेवा अवधिमा समाजका लागी केहि गर्नुपर्छ भन्ने मान्यता राख्ने प्रहरी प्रमुख एसपी उमा प्रसाद चतुर्बेदी अएपछि छोटो समयमै लागुऔषध कारोवार गर्ने र प्रयोग गर्नेलाई समेत कानुनी कटघरामा उभ्याउन सिरहा प्रहरी सफल देखिएको छ । पछिल्लो पटक सिरहा प्रहरीले गोलबजारबाट बुधबार लागूऔषध ब्राउन सुगर सहित दुई जनालाई पक्राउ परेको छ । जिल्लाको बरियारपट्टी गाउँपालिका वडा नम्वर १ स्थित कचनारी गाउँ बाट सिमा प्रहरी चौकी कचनारीबाट असइ दुर्गा यादवको कमान्डीमा खटिएको प्रहरी टोलीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सिरहाको गोलबजार नगरपालिका वडा नम्बर ६ बस्ने प्रेम कुमार साहको छोरा बर्ष २० को गणेश कुमार साह र नरहा गाउँपालिका वडा नम्बर १ बस्ने श्याम सुन्दर यादवको छोरा बर्ष २० को नवीन यादव रहेका छन् । उनको साथबाट (DIALEX- DC) नामको ८९ बोतल लागूऔषध बरामद गरिएको छ । भारतको पिपराहीबाट नेपालको कचनारी गाउँ तर्फ स. ८ प. १८२७ नम्बरको पल्सर २२० सिसिको मोटरसाईकलमा आउँदै गर्दा साह र यादवलाई चेक जाँचको क्रममा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी उमा प्रसाद चतुर्बेदीले जनाएको छ । पक्राउ परेका साह र यादवलाई आवश्यक अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा डिएसपी अपिल राज बोहराले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्