ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश नं ५ का सबै स्थानीय तहमा खुले वाणिज्य बैंकका शाखा


एबीसी न्यूज
१ कार्तिक २०७६, शुक्रबार   ७ : ५३   बजे

काठमाडौं, १ कात्तिक ।  आम जनताको वित्तीय पहुँचमा प्रदेश नं ५ शीर्ष स्थानमा रहेको छ । नयाँ संविधानअनुसार स्थापित सात प्रदेश मध्ये प्रदेश नं ५ का सबै स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाका शाखा खुलेका छन् । स्थानीय तहको निर्वाचनका क्रममा ‘गाँउ–गाँउमा सिंहदरबार’ को नारा दिएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०लगायतका राजनीतिक दलले जनतासँग गरेको प्रतिबद्धताअनुसार नै बैंक तथा वित्तीय संस्थाका शाखा खोल्न सहजीकरण गरेका छन् ।

केन्द्रीय बैंकले हालै सार्वजनिक गरेको ‘वित्तीय पहुँच विषयक’ प्रतिवेदनमा बैंक तथा वित्तीय संस्थाको शाखा खोल्न र उनीहरुलाई सहजीकरण गर्न प्रदेश नं ५ अग्रस्थानमा रहेको उल्लेख गरेको छ ।

कूल ७५३ स्थानीय तहमध्ये हालसम्म कूल ७३९ स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाका शाखा खुलेका छन् । बैंकका अनुसार २०७५ असार मसान्तसम्म कूल ६३१ र २०७४ असार मसान्तसम्ममा २९६ स्थानीय तहमा मात्रै वाणिज्य बैंकका शाखा खुलेका थिए ।

विवरणअनुसार २०७६ असोज महिनासम्म प्रदेश नं ५ का सबै स्थानीय तहमा वाणिज्य बैंकका शाखा खुलेका छन् । कूल १०९ स्थानीय तहमध्ये सबै स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाका शाखा खुली स्थानीय सेवाग्राहीलाई बैंकिङ सेवा पु¥याएका छन् ।

बैंकका अनुसार प्रदेश नं १ को कूल १३७ स्थानीय तहमध्ये १३६ स्थानीय तहमा वाणिज्य बैंकका शाखा खुलेका छन् । सो प्रदेशको एक स्थानीय तहमा मात्रै वाणिज्य बैंकको शाखा खुल्न बाँकी रहेको छ । यस्तै प्रदेश नं २ को १३६ स्थानीय तहमध्ये १३४ स्थानीय तहमा वाणिज्य बैंकका शाखा खुलेका छन् । सो प्रदेशका दुई स्थानीय तहमा मात्रै वाणिज्य बैंकका शाखा स्थापना हुन बाँकी रहेको छ । प्रदेश नं ३ को पनि दुई स्थानीय तहमा मात्रै वाणिज्य बैंकका शाखा खुल्न बाँकी रहेका छन् । सो प्रदेशका कूल ११९ स्थानीय तहमध्ये ११७ स्थानीय तहमा बैंकका शाखा खुलेका छन् ।

गण्डकी प्रदेशका कूल ८५ स्थानीय तहमध्ये एक स्थानीय तहमा मात्रै वाणिज्य बैंकको शाखा स्थापना हुन बाँकी रहेको छ । कर्णालीका कूल ७९ स्थानीय तहमध्ये ७७ स्थानीय तहमा बैंकका शाखा खुल्दा दुई स्थानीय तहमा मात्रै शाखा खुल्न बाँकी छन् । त्यस्तै सुदूरपश्चिम प्रदेशको कूल ८८ स्थानीय तहमध्ये ८२ स्थानीय तहमा वाणिज्य बैंकका शाखा खुल्दा छ स्थानीय तहमा शाखा स्थापना हुन बाँकी रहेका छन् ।

कर्णाली प्रदेशका १७ लाख ५५ हजार ६२ जनसङ्ख्यालाई कूल ३५४ बैंक तथा वित्तीय संस्थाका शाखाले सेवा दिएका छन् । प्रतिशाखा जनसङ्ख्याको आधारमा हेर्दा एक बैंक तथा वित्तीय संस्थाले कूल चार हजार ९५८ जनालाई सेवा दिनुपर्ने अवस्था रहेको छ । यस्तै सुदूरपश्चिमका चार हजार ४०९ जनालाई एक बैंक तथा वित्तीय संस्थाका शाखाले सेवा दिएको छ । सो प्रदेशका वित्तीय संस्थाका शाखा सङ्ख्या ६४७ रहेका छन् । केन्द्रीय तथ्याङ्क विभागले प्रकाशन गरेको प्रदेशगत तथ्याङ्कको हिस्साका आधारमा केन्द्रीय बैंकले प्रतिशाखा बराबरको जनसङ्ख्याको अनुपात निकालेको हो ।

सबैभन्दा बढी बैंक तथा वित्तीय संस्थाको शाखा प्रदेश नं ३ मा छ । सो प्रदेशमा दुई हजार २३१ बैंकिङ कारोबार गर्ने संस्था क्रियाशील छन् । प्रतिशाखाले दुई हजार ७७० जनालाई सेवा दिएको छ । प्रदेश नं १ मा तीन हजार ४८१ जनालाई एउटा शाखाले सेवा दिँदा प्रदेश नं २ मा चार हजार ९३८, गण्डकीका दुई हजार २५७ जनाले एक शाखाबाट सेवा पाएका छन् । प्रदेश नं ५ का दुई हजार ९५१ जनाले प्रतिशाखाका दरले सेवा पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group