डोटी,२ कात्तिक । जोरायल गाउँपालिका २ को गरुड भन्ने ठाउँमा बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
घाइतेहरूलाई उपचारको लागि अत्तरियास्थित पद्मा अस्पतालमा ल्याइएको छ। डडेल्धुराबाट हेन्द्रनगरतर्फ आउँदै गरेको ना ४ ख ८२३५ नम्बरको बस जोरायल गाउँपालिकास्थित भीमदत्त राजमार्गमा दुर्घटना भएको प्रहरीले जनाएको छ। बस अनियन्त्रित भएर दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। यद्यपि दुर्घटनाको कारण खुल्न सकेको छैन।
प्रतिक्रिया दिनुहोस्