काठमाडौं, ३ कात्तिक । पश्चिमी वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली भएर चिसो बढेको छ । पश्चिमी वायुको प्रभावले आइतबार देशका पहाडी भेगका केही स्थानमा क्षणिक वर्षाको सम्भावनासमेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मनसुन बाहिरिएसँगै निरन्तर न्यूनतम तापक्रम घट्दै गइरहेको छ । आइतबार देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही भूभागमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यस्तै, सोमबार देशका मध्य तथा पूर्वी भू–भागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ । यसैगरी, मंगलबार पनि देशभर आंशिक बदली भइरहने महाशाखाले जनाएको छ ।
महाशाखाको पछिल्लो विवरणअनुसार काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम १५.५ डिग्री र अधिकतम तापक्रम २७.३ डिग्री सेल्सियस रहेको छ । सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस रहेको छ ।
प्रतिक्रिया दिनुहोस्