बझाङ,४ कात्तिक । बझाङमा नेपाली सेना वनाई दिने भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन ।
पक्राउ पर्नेमा जिल्लाको थलारा गाउपालीका वडा नं८ वस्ने दिल्लीराज उपाध्यायलाई आईतवार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका बझाङका प्रहरी प्रमुख गणेश बमका अनुसार डिल्लीराज उपाध्याले थलारा गाँउपालीका वडा नं।८ वस्ने पदम सार्कीबाट नगत दुई लाख पचास हजार ठगी गरेको भन्ने सूचानको आधारमा दिल्ली राज उपाध्याय लाई पक्राउ गरी अनुसन्धान कार्य भई रहेको बताए । प्रहरी प्रमुख वमका अनुसार दिल्ली राज उपाध्याले ठगी गरेको पाएमा ठगी मुद्धा अन्तरगत कारवाही गरीने बताए ।
प्रतिक्रिया दिनुहोस्