काठमाडौं, ४ कात्तिक । सत्ता पक्ष र प्रतिपक्षको शीर्ष नेतृत्वबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ । सो भेटमा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली, नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दलका नेता तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संलग्न रहनुभएको छ ।
नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले सत्ता र प्रतिपक्षबीच सामान्य कुराकानी भएको बताउनुभयो । सत्य निरुपण र बेपत्ता आयोगमा पदाधिकारी चयनको बारेमा कुनै सहमति भएको हो कि भन्ने संचारकर्मीको प्रश्नमा सामान्य छलफल भएको जानकारी गराए ।
प्रतिक्रिया दिनुहोस्