काठमाडौँ, ४ कात्तिक । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सर्बियाको बेलग्रेडमा आयोजित अन्तरव्यवस्थापिका सङ्घ ९आइपीयू० को १४१औँ सम्मेलनमा सहभागी भई आज स्वदेश र्फकनुभएको छ ।
सम्मेलनमा अध्यक्ष तिमिल्सिनाले ‘अन्तर्राष्ट्रिय कानूनको सवलीकरण ः क्षेत्रीय सहयोगमा संसदीय भूमिका र संयन्त्र’ विषयक छलफलमा नेपालको धारणा प्रस्तुत गर्नुभएको थियो । साथै प्रजातन्त्र र मानवाधिकारको स्थायी समितिको बैठकमा सहभागिता जनाउनुभएको उहाँको सचिवालयले जनाएको छ ।
अध्यक्ष तिमिल्सिना नेतृत्वको प्रतिनिधिमण्डलमा राष्ट्रियसभा सदस्य खिमलाल भट्टराई र बद्रिप्रसाद पाण्डे तथा प्रतिनिधिसभा सदस्य देवप्रसाद तिमिल्सिना, इन्दुकुमारी शर्मा र रुही नाज, संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलगायत सहभागी हुनुहुन्थ्यो । भ्रमणका अवसरमा अध्यक्ष तिमिल्सिना नेतृत्वको प्रतिनिधिमण्डलले सर्बियाका प्रधानमन्त्री, सभामुखलगायत विभिन्न उच्चस्तरीय भेटघाटसमेत गरेको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्