धनुषा, ४ कातिक । सोमबार धनुषाको महेन्द्रनगर स्थित शुभकामना आदान प्रदानसत्तारुढ दल नेकपाको स्थायी समिति सदस्य समेत रहेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री महासेठले प्रदेश नम्बर २ को धनुषा जिल्ला लगायतका पार्टी संगठनमा मर्यादा अनुसार तत्कालिन नेकपा माओवादी केन्द्र र तत्कालिन नेकपा एमालेको समायोजकको क्रममा बेवास्ता गर्दै एकलौटी ढंगले धनुषा जिल्ला संगठन गठन गरेपछि प्रदेश नम्बर २ को राजनीतिक नै बदलिएको नेता तथा कार्यकर्ताहरुको ठम्याईछ ।
आयोजित यस कार्यक्रममा नेकपा स्थायी समिति सदस्य समेत रहेका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले नेकपामा पुजीवादी मात्र नभई अपराधिकरण समेत हुदैँ गएको प्रति चिन्तित भए । उनले संगठन विधि र विधानलाई बेवास्ता गर्दै मन्त्री र पहुँचवाला नेताहरु सत्ता, शक्तिको दुरुपयोग गरी धन आर्जन तर्फ लागेको र ईमान्दार नेता कार्यकर्ताहरुलाई पाखा लगाएको भन्दै चिन्ता व्यक्त गरेका थिए । उनले जसरी नेकपाको केन्द्रिय समिति ९ जना नेताले चलाउने गरेको छ, त्यसरी नै नेकपाको प्रदेश नम्बर २ को समिति समेत ४ जनाले मात्रै चलाएर संगठनलाई भताभुंग गरेको आरोप समेत लगाए । उनले कसैको नाम नलिई कनै पार्टी विधि विधान र संगठनलाई पेवा सम्झिने विरुद्ध नेता कार्यकर्ताहरु एकजुट भई आन्दोलनको तयारीमा जुट्न आह्वान समेत गरे ।
उनले पार्टी भित्र पनि सधैँ सङ्घियता, गणतन्त्र र समावेशी समानुपातिक बिरोधिहरु अहिले आएर हाम्रा नेता बन्न र पद पाउनका लागि हानथाप गरेको देख्दा दुःख समेत लाग्ने गरेको बताए । उनले भने– काम गरेर कम्युनिष्ट बनौँ, नामको लागि होइन नामको होइन, त्यसैले काम गरेर कम्युनिस्ट बन्नुपर्छ र जनताको लागि लडाई लड्नुपर्छ ।
उनले सरकारमा केहि मन्त्रीको फेरबदलको प्रसंगमा बोल्दै मन्त्री मातृकाप्रसाद यादवले अध्यक्ष प्रचण्डले कहिलेकाहीँ ओली सरकार भन्ने गरेको प्रति आपत्ति जनाए । उनले भने– अध्यक्ष प्रचण्डले ओली सरकार भनेको सुन्दा अचम्म लाग्छ । उनले यो सरकार नेकपाको रहेको भन्दै उनले भने– पार्टीले निर्णय गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसलाई कार्यान्वयन गरे मात्रै आफु पार्टीको निर्णय मान्ने छु । र त्यसपछी मात्रै सरकारले पार्टीको निर्णय कायान्वयन गर्नेछु ।
उनले कम्युनिस्ट पार्टीमा मैत्रीपुर्ण आलोचना हुनुपर्छ भन्दै मन्त्री यादवले भने– केहि ठुलाबडा मन्त्री र ठुलाबडा नेताहरुको आलोचना गर्दा दुरी बढाउने गरेको जबकी बैचारिक बहस छलफलमा मात्र दुरी बढ्नु स्वाभिक नै हो, तर यहाँ आफ्नै कामरेडलाई हत्या गर्दा सम्म चुप लागेर बस्छ । यो कस्तो बिडम्वना रु भन्दै उनले प्रतिप्रश्न समेत गरेका थिए ।
उनले प्रधानमन्त्री ओलीले आफ्नो सम्पती सार्वजनिक हुने भनेको भन्दै उनले पार्टीमा थुप्रै नेताहरु मोटाउदै गएकाले सबैको सम्पती शुद्धिकरण आवश्यक रहेको बताए । यसको लागि सबैको सम्पती छानविन गर्न माँग समेत गरे ।
त्यस्तै नेता रामचन्द्र झाले भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठको कारण प्रधानमन्त्री केपी शर्मा ओलिको बदनामी भएको बताए । उनले अहिलेको सरकारले राम्रो काम गरेपनि भौतिक पूर्वाधार तथा यातायात मन्त्री महासेठले विकास निर्माणको काम चैते विकासे निर्माण गरेको र निर्माण हुने वितिकै भत्किन थालेकाले अहिलेको सरकारको आलोचना ह्वातै बढेको स्पष्ट पारे ।
उनले मन्त्री महासेठले पार्टी संगठनमा मात्र नभई राज्यको ढुकुटीमाथि पनि कुनियती राखेकाले ओली सरकार बदनाम भएको बताए । उनले मन्त्री महासेठको सम्पती शुद्धिकरणको माँग गर्दै आलोचना गरे ।
उनले सम्पत्ति शुद्धिकरण भएमा मन्त्री महासेठले गरेको भ्रष्टाचारको कारण जेल नै चलान हुने समेत ठोकुवा गरे । उनले भने– ठुलाबडा समेत जेलमा रहेकाले महासेठ जादैनन् भनेर दम्भ देखाउनु गलत हो । छिट्टै उनी जेल जाने छन् । तसर्थ हामी तपाईहरुलाई सचेत गराउन आएका हौ । कम्युनिस्ट पार्टीमा जनता र राष्ट्रियको लागि योगदान दिनेका लागि मात्र हो ।
प्रतिक्रिया दिनुहोस्