ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दलित भन्दै पाल्पामा जनप्रतिनिधिले कुटे  जनता


एबीसी न्यूज
४ कार्तिक २०७६, सोमबार   ७ : २४   बजे

कार्तिक ४ पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–६ मस्यामका वडा सदस्य चुन्नबहादुर विष्टले स्थानीय ५१ वर्षीय मनवीर नेपालीलाई कुटपिट गर्नुभएको छ ।

उहाँले आइतबार बिहान नेपालीलाई कुटेका पीडित नेपालीले बताउनुभयो ।नेपालीको दाहिने आँखा वरिपरि निलडाम हुनुका साथै सुनिएको पनि छ। अनुहारका विभिन्न ठाउँमा सानासाना चोट लागेको छ ।

वडा सदस्य विष्टको घरको गारोमा प्लास्टर गरिदिएको ज्यालाको हिसाबसहित आफूले पाउनुपर्ने रकम माग्दा आफूलाई कुटपिट गरेको पीडित नेपालीले बताउनुभयो।विष्टले आफूलाई मुक्का र लात्तीले हानेको नेपालीले आरोप लगाउनुभएको छ । गत माघ महिनामा १२ हजारमा घरको गारोमा प्लाष्टर गर्नका लागि विष्ट र नेपालीबीच सम्झौता अनुसार नेपालीले समयमै काम सम्पन्न गरेको बताउनुभयो ।

तर, ज्यालाको रकम भने आफूले अहिलेसम्म नपाएका कारण ज्याला माग्न जाँदा कुटेको उहाँको भनाइ छ ।आइतबार बिहान हिसाब गर्न बिष्टको घरमा जानेक्रममा नेपाली र विष्टबीच बाटोमा भेट भएको थियो। ‘उहाँले कता हिँड्नुभयो भनेर मलाई सोध्नुभयो। मैले तपाईंको घरमा कामको हिसाब गर्न हिँडेको भनेर जवाफ दिएँ,’ ‘नेपालीले भन्नुभयो सोही क्रममा एक्कासि अपशव्द प्रयोग गर्दै मलाई चिनेको छस्, म को हो, भन्दै मुक्काले र लात्तीले हान्न थाल्नुभयो ।

आफूलाई तल्लो जाति सार्की भन्दै कुटपीट गरेको आरोपसहित नेपालीले वडा सदस्य विष्टविरुद्ध जिल्ला प्रहरी कार्यालय पाल्पामा सोमबार निवेदन दिनुभएको छ ।यता वडा सदस्य विष्ट आफूले कुटेको स्वीकार गर्नुभएको छ । ‘नेपालीले मलाई पहिला हात हाल्नुभयो’ त्यसपछि मैले त्यसको प्रतिकार गर्दै हानेको हुँ, विष्टले भन्नुभयो । रिसको झोंकमा ४ /५ थप्पड गालामा हानेको हुँ’ उहाँले भन्नु भयो । विष्ट नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुनु हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group