ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नकारात्मक खालका गीत–सङ्गीत गाए र उत्पादन गरे कारवाही, दुर्गेशले ‘तिहार गीत’ युट्यूबबाट हटाए


एबीसी न्यूज
५ कार्तिक २०७६, मंगलबार   ४ : १०   बजे


काठमाडौं, ५ कात्तिक ।  राष्ट्रिय साँस्कृतिक पहिचान र गौरब बोकेको नेपालीको महत्वपूर्ण चाड यमपञ्चक (तिहार) लाई अनुशाशित, मर्यादित, सभ्य र मितव्यायी रुपमा मनाउन गृह मन्त्रालयले सबैमा अनुरोध गरेको छ ।

वैमनश्य र तिक्तता त्यागेर आपसी सद्भाव, समन्वय तथा मित्रता अभिवृद्धि गरी चाड मनाउन अनुरोध गर्दै मन्त्रालयले विकृतिपूर्ण क्रियाकलाप भए गरेमा कानून अनुसार कारवाही गर्ने चेतावनी दिएको छ ।

मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै स्थानीय प्रशासनबाट तोकिएको समयवधि र प्रक्रियाको परिपालना गरी देउसी–भैलो कार्यक्रमलाई मनोरञ्जनात्मक रुपमा मात्र लिएर आयोजना गर्न आग्रह गर्दै कुनै अनुचित दबाबमूलक माग राखेर पत्राचार नगर्न भनेको छ ।

लागुपदार्थ निषेध र मदिरा नियन्त्रण अभियानलाई उच्च प्राथमिकतामा राखेर विविध कार्यक्रम सञ्चालनमा ल्याएको सन्दर्भमा त्यसको परिपालना गर्न अग्रह गर्दै मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, “नेपाली भाषा, धर्म संस्कृति र सभ्यतालाई विकृत तुल्याई समाजमा नकारात्मक असर पर्ने खालका गीत–सङ्गीत तथा श्रव्यदृष्य सामग्री उत्पादन, गायन, प्रसारण र बिक्री वितरण नगर्न नगराउन अनुरोध गर्दछौँ ।”

सो गतिविधि गरेमा प्रचलित कानून अनुसार कारवाही गर्ने व्यवस्था गर्न मातहताका निकायलाई निर्देशन दिइएको मन्त्रालयले जनाएको छ । यमपञ्चक तिहारको समयमा यात्रुहरुको सहज आवागमनका लागि र सुपथ मूल्यमा गुणस्तरयुक्त खाद्यान्नको सहज उपलब्धता तथा शान्ति र सुव्यवस्था कायम गर्न गृह मन्त्रालयले मातहतका निकायलाई २४सै घण्टा परिचालन गरिएको जनाएको छ ।

जिल्लागत रुपमा चाडवाड केन्द्रित विशेष सुरक्षा योजना बनाइ लागू गरिसकिएको भन्दै मन्त्रालयले उक्त कार्यमा यातायात व्यवसायी, सञ्चारकर्मीलगायत सबैले सामाजिक उत्तरादायित्व अन्तरर्गत आ–आफ्नो तर्फबाट सेवा पु¥याउन आग्रह गरेको छ ।

दुर्गेशले ‘तिहार गीत’ युट्यूबबाट हटाए

गायक दुर्गेश थापाको विवादित ‘तिहार गीत’ अन्ततः यूट्यूवबाट हटाइएको छ । प्रहरीको अनुरोधमा गीत हटाउन आफू तयार भएको थापाले बताए ।

थापाको गीतका विरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको थियो । जिप्रकाले महानगरीय प्रहरी अपराध महाशाखा टेकुलाई पत्र लेखेको थियो । सोही पत्रका आधारमा आजै महाशाखाले गोंगबुबाट थापालाई पक्राउ गरेको छ । थापा अहिले पनि महाशाखामा नै छन् । ‘म अहिले उहाँहरुसँग छलफलमै छु, उहाँहरुले हटाउनुपर्छ भनेपछि यूट्यूवबाट हटाइएको छ,’ थापाले भने । गीत हटाएपछि प्रहरीले आफूलाई छाड्ने उनले आशा गरे ।

थापाको गीतले देउसीलाई विकृत तरिकाले प्रस्तुत गरेको र संस्कृति विगारेको आरोप लागेको छ । साथै गीतमा वीयरको प्रचार पनि गरिएको छ । यूट्यूवमा राम्रो भ्यूज बटुले पनि अत्यधिक आलोचना भएको थियो । आलोचनाका कारण थापाले कमेन्ट बक्स नै खाली गरिदिएका थिए ।

प्रज्वलनशील पदार्थ प्रयोग र उत्पादनमा कडाइ

गृह मन्त्रालयले प्रज्वलनशील पदार्थ प्रयोग, आयात तथा उत्पादनमा पूर्ण प्रतिबन्ध लगाएको जनाउँदै यस्ता गतिविधि गरे कारवाही हुने जनाएको छ ।

दिपावली मनाउने क्रममा भूइँचम्पा, पटाका, आतिसबाजी जस्ता विष्फोटक पदार्थको प्रयोगबाट सर्वसाधारण जनताको स्वास्थ्य र सुरक्षामा प्रतिकूल असर पर्ने, घाइते हुने र आगलागी भएर जनधनको क्षति हुने भएकाले त्यस्ता विष्फोटक र प्रज्वलनशील पदार्थको उत्पादन, आयात, खरीद, बिक्रीवितरण नगर्न र नगराउनसमेत मन्त्रालयले आग्रह गरेको छ । कसैले यस्तो गतिविधि गरेको पाइएमा कानून बमोजिम कारवाही हुने मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

कुनै गुनासो वा कानून विपरीतको कार्य भएमा नजिकको सुरक्षा निकायमा खबर गर्न आग्रह गर्दै मन्त्रालयले अनुचित फाइदाका लागि हुने अवाञ्छित गतिविधिको निगरानी भइरहेको उल्लेख गरेको छ । ठगी गर्ने, कानून मिच्ने, लागुऔषको प्रयोग, प्रतिबन्धित मदिराको अवैध बिक्री जस्ता गतिविधि गरेको पाइएमा कानून अनुसार कारवाही हुनेसमेत मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group