काठमाडौं, ५ कात्तिक । विवादास्पद गितका कारण पक्राउ परेका गायक दुर्गेश थापा हिरासतमुक्त भएका छन् । मंगलबार काठमाडौं बालाजुबाट पक्राउ परेका उनले गाएको चिसो बियर भन्ने गित विवादमा आएपछि उनलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको थियो ।
तिहारको अवसर पारेर सार्वजनिक गरिएको गीत ‘ह्याप्पी तिहार, चिसो बियर’ मा प्रयोग गरिएको शब्दका कारण विवादमा तानिएका थापाविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेपछि अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी स्रोतका अनुसार थापाले गाएको उक्त बिबादास्पद गित युट्युबबाट हटिसकेको छ। उक्त गीतमा धूमपान, मादक पदार्थ, लागूऔषध खानुपर्छ भन्ने शब्द प्रयोग गरिएको र यसले समाजलाई नकारात्मक सन्देश दिएको भन्दै आलोचना भएको थियो । उक्त गीत हटाउनुपर्ने माग गर्दै जिल्ला प्रशासनमा उजुरी परेको हो ।
प्रतिक्रिया दिनुहोस्