ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वर्तमान सरकार कुनै हालतमा असफल हुँदैन– छविलाल विश्वकर्मा


admin
५ कार्तिक २०७६, मंगलबार   ५ : ५५   बजे

काठमाडौं, ५ कात्तिक ।  नेपाल कम्युनिष्ट पार्टी नेकपा का स्थायी समिति सदस्य छविलाल विश्वकर्माले वर्तमान सरकारले राम्रा काम गर्दै गएकाले असफल नहुने बताउनुभएको छ ।

नेकपा रुपन्देही तिलोत्तमा वडा नम्बर ७ शाखा कमिटीले विजयादशमी, दीपावली, छठ र नेपाल संवत्का अवसरमा आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा पार्टीले स्थानीय, प्रदेश र सङ्घ तीनै तहका सरकारले आवधिक समीक्षा गरिरहेको भन्दै उहाँले आगामी दिनमा सरकारलाई अझै प्रभावकारी ढङ्गले परिचालित गर्ने योजना बनाएको बताउनुभयो ।

उहाँले कम्युनिष्ट पार्टीले प्राप्त गरेको सफलताले केही चुनौती र जिम्मेवारी पनि थपिएकाले केही पनि गर्न सकेन भनेर आलोचना गर्नु कुनै अर्थ नभएको समेत बताउनुभयो । स्थानीय, प्रदेश र सङ्घीय तीनै तहका सरकारले आवधिक समीक्षा गरिरहेको र आगामी दिनमा सरकारलाई अझै प्रभावकारी ढङ्गले परिचालित गर्ने योजना पार्टीले बनाएको पनि नेता विश्वकर्माको भनाइ छ ।

कार्यक्रममा प्रदेशसभा सदस्य दधिराम न्यौपानेले सरकारको सफलताबाट आत्तिएकाले आलोचनामा समय खर्च गरिरहेको बताउनुभयो । नेकपा तिलोत्तमा नगर कमिटीका अध्यक्ष मोहन चापागाईंले पार्टी एकीकरणपछि कार्यकर्ता पङ्क्तिमा उत्साह थपिएको उल्लेख गर्दै स्थानीय, प्रदेश र सङ्घीय तीनै तहका सरकारले गरेका काम कारवाहीलाई जनतामाझ लैजानुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group