सिरहा, ५ कातिक । सिरहामा चोरी, लेनदेन र कुटपिट मुद्दाका ५ फरार अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहा नगरपालिका( २ बस्ने वर्ष ६२ को धनिकलाल महरा, वडा नं. ९ बस्ने वर्ष ६२ को राम चन्द्र गडेरी, वडा नं. १९ बस्ने वर्ष २० को ज्ञानचन्द्र मुखिया, वडा नं. ७ बस्ने वर्ष २६ को बाल कृष्ण मुखिया र वडा नं. ५ बस्ने वर्ष ६० को लखिपत देवी साह रहेका छन् ।
उनीहरुमध्ये महरा र मुखिया कुटपिट मुद्दाको फरार प्रतिवादी, गडेरी चोरी मुद्धाको फरार प्रतिवादी, बाल कृष्ण मुखिया र लखिपत देवी साह लेनदेन मुद्दाको फरार प्रतिवादी रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा डिएसपी अपिल राज बोहराले जानकारी दिए ।
मंगलबार बिहान साढे ८ बजेको समयमा जिल्ला प्रहरी कार्यालय सिहराबाट खटिएको सादा पोसाकको गस्ती टोलीले उनीहरु घरमा लुकिछिपि बसेको अवस्थामा पक्राउ गरी जिल्ला अदालत सिरहामा बुझाइएको सिरहाका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्